काठमाडौं । भारतको सिक्किमस्थित गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरो जाँदा तीन नेपाली सहित सात जनाको मृत्यु भएको छ ।
सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको हुन् ।
उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।
मंगलबार दिउँसो सवा १२ बजेतिर हिमपहिरो खसेको थियो। हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक फसेका थिए। लगत्तै भारतीय सेना र सुरक्षाकर्मीले उद्धारको कार्य गरेका थिए।
प्रतिक्रिया