ट्रम्प बिरुद्ध लगाईएका व्यापारका ३४ वटा अपराधिक अभियोगमा दोष रहित , ,डिसेम्बर ४ मा व्यक्तिगत सुनुवाई हुने र आजै फ्लोरिडामा भाषण दिने

इनेप्लिज २०७९ चैत २१ गते २०:४५ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मुद्दाको अर्को व्यक्तिगत सुनुवाइको मिति डिसेम्बर ४ मा न्यूयोर्कमा तय गरिएको छ। म्यानह्याटन जिल्ला अधिवक्ता एल्भिन ब्रागले मङ्गलबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियोग पछि पत्रकार सम्मेलन गरि रहेका छन् ।

ट्रम्पले प्रथम श्रेणीमा किर्ते व्यापार गर्ने बिषयमा लगाईएका ३४ वटा अपराधिक आरोपहरुमा दोषी नभएको स्वीकार गरे। उनि माथि लागेका ३४ वटा ब्यापार सम्बन्धि अभियोगका गणनाबाट उनि मुक्त भएका छन् ।

ट्रम्पविरुद्धको अभियोग मंगलबार सार्वजनिक गरिएको छ। अभियोजकहरूले मङ्गलबार अदालतमा पूर्व वयस्क चलचित्र अभिनेत्री स्टोर्मी डेनियललाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको मुद्दामा साक्षी बनाउन चाहेको बताए ।

अदालत बाहिर बोल्दै डोनाल्ड ट्रम्पका वकिल टोड ब्लान्चेले उनको ग्राहक निराश भएको बताए । ब्लान्चेले यस मुद्दामा अभियोजकलाई “पूर्ण राजनीतिक मुद्दा” लाई “राजनीतिक अभियोजन” मा परिणत गरेको आरोप लगाए।

अभियोजकहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्न अवैध षड्यन्त्रको एक हिस्सा भएको आरोप लगाए। उनले राष्ट्रपतिको चुनाव अगाडी २०१६ मा अश्लिल चलचित्रकी कलाकारलाई १ लाख ३० हजार डलर चुप लगाउन दिएका थिए ।

ट्रम्पलाई आपराधिक षड्यन्त्रको आरोप लागेको छैन। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध ऐतिहासिक अभियोग सार्वजनिक भएको छ ।

उनि आफ्नो निजी बिमान चढेर फ्लोरिडामा उडेका छन् भने आजै साँझ भाषण दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया