लस एन्जलसको बिशाल बजार अगाडी लागूऔषध कारोबारको क्रममा गोली चल्दा एक जनाको मृत्यु ,३ जना घाइते

इनेप्लिज २०७९ चैत १९ गते ९:५५ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको चर्चित शहर लस एन्जलसको बिशाल बजार अगाडी लागूऔषध कारोबारको क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

दिउसो ३:४५ बजे वेस्ट हिल्सको भानोवेन र फलब्रुक क्षेत्रको सवारी साधन अड्डा (पार्किङ )मा लागुऔषध कारोबारको क्रममा विवाद भएको प्रहरीको विश्वास रहेको लस एन्जलस प्रहरी विभागका उपप्रमुख एलन ह्यामिल्टनले भने। धेरै संदिग्धहरूले एकअर्कालाई गोली हानेको उनले बताए ।

मृतकको तत्काल सनाखत हुन नसकेको प्रहरी विभागले जनाएको छ । गोली प्रहारबाट घाइते भएका तीनजनालाई अस्पताल लगिएको र घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

तीन संदिग्धहरूलाई शनिबार साँझ हिरासतमा लिइएको छ । अनुसन्धानकर्ताहरूले गोलाबारीमा गिरोहका सदस्यहरू संलग्न भएको बताए ।

प्रहरीले घटनास्थलमा दुईवटा बन्दुक बरामद गरेको ह्यामिल्टनले बताए ।

प्रतिक्रिया