नेजस, साउदर्न च्याप्टरको वनभोज सम्पन्न

इनेप्लिज २०७९ चैत १८ गते १०:२५ मा प्रकाशित

वाईवा टेक लामा । क्यालिफोर्नियाको लस एन्जल्समा आयोजित अमेरिकाको साउदर्न च्याप्टरले अमेरिकामा विभिन्न पेसा र व्यवसायमा रहेका नेपाली दाजुभाईलाई आफ्नो जन्मभूमिप्रति अभिप्रेरित गर्ने उद्देश्य अनुरुप वनभोज गरेर ठूलो जमघट गराउने भएका छन ।

कर्मभूमि अमेरिकामा नेपालीहरूको एउटै साझा साँगठन नेपाली जनसम्पर्क समिति, अमेरिका नेजस, साउदर्न च्याप्टरले लस-एन्जलसको थानीय आर्टेसिया पार्कमा भव्य कार्यक्रमको आयोजना गर्ने बिबिध सांस्कृतिक मनोरन्जन सहित सामाजिक एकता, आपसी सद्भाव, बन्धुत्व र भाईचाराको सम्बन्ध स्थापित गर्दै विभिन्न संस्थाहरूको सहभागितामा हातेमालो गरेर बृहत् वनभोज कार्यक्रम सफल बनाउने नेजस साउदर्न च्याप्टरका अध्यक्ष मदन पाठकले बताए ।

विशुद्ध सामाजिक सेवा र सामुदायिक हितका लागि सदैव अग्रसर रहदै यो च्याप्टरले विगतका वर्षहरु झै यो वर्ष कार्यक्रमलाई निरंतरता दिदै आएको छ। एकताको लागि नेपालिज अमेरिकनहरुको सामुदायिक उपस्थितिमा भन्दा अग्रस्थानमा रहेकोले वनभोज कार्यक्रमहरुलाई सदैव निरन्तरता दिन सबैसाथको पनि उत्तिकै आवश्यकता रहेको बताउनु भयो। यस्ता कार्यक्रमले साउदर्न क्यालिफोर्नियन नेपाली सामुदायिक सदस्यहरु विचको एकताको सम्बन्ध अझै प्रभावकारी बनाउन सफल रहेकोले सहकार्यलाई ‘सामुदायिक विकास र हितको लागि सबै एक’हुनु पर्नेमा जोड दिएका छन। यो नि: शुल्क वनभोज कार्यक्रममा यहास्थित नेपालीहरुको उल्लेख्यनिया उपस्थिति रहने बताउनु भयो

जनसम्पर्क समिति साउदर्न क्यालिफोर्नियाका अध्यक्ष मदन पाठकका अनुसार यो कार्यक्रममा अमेरिकाको विभिन्न राज्यहरूमा रहेका नेपालीहरुको हज़ारौको संख्यामा उल्लेख्य सहभागिता रहने बताए । वनभोज कार्यक्रमका संयोजक तथा जनसम्पर्क समिति अमेरिकाका संयोजक लोकनाथ तिमिल्सिनाका अनुसार नेपाली जनसंपर्क समितिको स्थापना चार दशक अघि नेपाली राजनीतिका महामानव विशेश्वर प्रसाद कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री भएको बेला भएको बताए । यो सस्था तत्कालीन काङ्ग्रेसका प्रवासी सदस्यहरूलाई देश र पार्टीको हितमा एकजुट गर्ने उद्देश्य अनुरुप स्थापना भएको थियो । अमेरिका स्थित जनसंपर्क समिति मात्री पार्टी नेपाली काङ्ग्रेसको समन्वय विभागको संविधानमा रहने व्यवस्था छ । जनसंपर्क समिति पार्टीको महाधिवेशनमा सहभागी भई नेतृत्व चयन गर्ने कानुनी व्यवस्था रहेकोछ ।

हामी नेपाली प्रवासीहरू सँधै यस देशको नीति, नियम र कानूनको दायराभित्र रहेर मातृभूमिमा सहभागी हुदै आएको र सधै रहन प्रतिबद्ध छौं। पार्टीसँगको भावनात्मक लगाव र सम्बन्धले नै नेपाली जनसंपर्क समिति अमेरिकाले निरन्तर सक्रिय भुमिका खेल्दै आएंको छ र हरेक पार्टी गतिविधिमा उत्तिकै योगदान दिदै आएको छ। नेपालमा गएको महाभूकम्प, बाढी र कोभिड–१९ को महामारीको बेला पार्टीले गरेको आह्वान अनुसार सबै गतिविधिमा संयुक्त राज्य अमेरिकामा रहेको सबै तह तप्का र क्षेत्रमा रहेका समितिहरुले निरन्तर सहयोग गरेको बताए।

जनसंपर्क समिति अमेरिकी कानून अन्तर्गत दर्ता भएको गैर-नाफामुलक संस्था हो। समितिले अमेरिकी भूमिमा लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, समानता र न्यायका लागि सामाजिक रूपमा काम गरिरहेको बताउनु भयो। राजनीतिक विचारधाराको लागि मात्र होइन समाज कल्याणकारी संगठन पनि हो। यसका लागि हामीले सहकार्य गर्दै आएको र नेपाली समुदायलाई सक्रिय बनाउन सबै संघसंस्थाहरूसङ्ग समन्वय गरेर अघि बढदै आएको छ। अमेरिकी राजनीति मूलधारमा अगाडि बढिरहेका नेपाली साथीहरूलाई सहयोग गर्न सधै हातमा हात मिलाएर काम गरिरहेको समेत बताए ।

यो वनभोज कार्यक्रम समिति विभागका प्रमुख कार्यक्रम संयोजक लोकनाथ तिम्सिना, आर्थिक संयोजक अग्नि चौलागाईं, खाद्य संयोजक डिल्ली थापा र उपेन्द्र सापकोटा, खेलकूद संयोजक उत्तमजंग थापा र विवेक श्रेष्ठले जनसम्पर्क समिति अमेरिकाको पूर्व तयारीको निम्ति समितिले कम गरिरहेको बताउनु भयो।

प्रतिक्रिया