अमेरिकाको अर्कान्सास, आएवा तथा मिजौरी राज्यहरुमा घुम्रपात ,अर्कान्सासमा २१ जना अस्पताल भर्ना ,५ जनाको अवस्था गम्भीर

इनेप्लिज २०७९ चैत १७ गते २३:३४ मा प्रकाशित

अमेरिकाको अर्कान्सास, आएवा तथा मिजौरी राज्यहरुमा घुम्रपात ( टोर्नाडो )आएको छ भने अर्कान्सासमा २१ जना अस्पताल भर्ना भएका छन् । जस मध्ये ५ जनाको अवस्था गम्भीर रहेको सिएनएनले जनाएको छ ।

अर्कान्सास राज्यको लिटिल रक क्षेत्रमा आएको घुम्रपात ( टोर्नाडो )को कारण अस्पताल ल्याइएको अस्पतालका प्रवक्ता कारा वेडले सीएनएनलाई बताइन्।

राष्ट्रिय मौसम सेवाका अनुसार लिटिल रक रहेको पुलास्की काउन्टीमा रहेको एउटा सहित अर्कान्सासमा शुक्रबार दिउँसो दुईवटा घुम्रपात ( टोर्नाडो)को पुष्टि भएको छ।

आयोवाको नजिकै ओट्टुमवामा शुक्रबार दिउँसो आएको घुम्रपात ( टोर्नाडो )ले संरचनात्मक क्षति पुर्याएको छ तर कुनै क्षति नभएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन्।

मिजौरीका गभर्नर माइक पार्सनले राज्यको आपतकालीन कार्य योजना र मिजौरी राष्ट्रिय सुरक्षाकर्मीलाई सक्रिय बनाएको बताए । अर्कान्सासका गभर्नर सारा हकाबी स्यान्डर्सले शुक्रबार अर्कान्सासमा गम्भीर घुम्रपात ( टोर्नाडो )का कारण आपतकालिन अवस्थाको घोषणा गरेकी छिन ।

अर्कान्ससका गभर्नर सारा हकाबी स्यान्डर्सले शुक्रबार दिउँसो आएको आँधीका कारण मध्य अर्कान्सासको क्षेत्रमा “महत्त्वपूर्ण क्षति” भएको बताइन्।

राज्य प्रहरी र आपतकालीन व्यवस्थापन टोलीहरूले स्थानीय अधिकारीहरूसँग घाइते बासिन्दाहरूलाई सहयोग गर्न काम गरिरहेका छन्, गभर्नरले भनिन ।

प्रतिक्रिया