रुस आणविक युद्ध रोक्न प्रतिबद्ध छ : रुसी सुरक्षा परिषद्का सचिव

इनेप्लिज २०७९ चैत १५ गते ११:३२ मा प्रकाशित

रूस आणविक युद्ध र आणविक हतियार शक्तिहरू बीचको सामना रोक्न प्रतिबद्ध रहेको रूसका सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले बुधबार रुसी सरकारी संचार माध्यमलाई बताए ।

“(रूस) आणविक हतियार भएका देशहरू बीचको कुनै पनि सैन्य सामनालाई रोक्नको आवश्यकतामा विश्वस्त छ,” पत्रुशेभले नयाँ दिल्लीमा भएको बैठकमा बताएको टासले जनाएको छ ।

मस्कोका सबै लक्ष्यहरू पूरा नभएसम्म रुसले युक्रेनमा लडाइँ जारी राख्ने पत्रुशेभले बताए। उनले युक्रेनको संकटको सन्दर्भमा पश्चिमको उत्तेजक व्यवहारले विनाशकारी नतिजा निम्त्याउन सक्ने चेतावनी पनि दिए।

पत्रुशेभले विशेष गरी “संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राज्यहरूबाट युक्रेनलाई निरन्तर बढ्दो सैन्य सहायता” को बारेमा चर्चा गरे।

प्रतिक्रिया