अमेरिकाको अर्कान्सास राज्यले टिकटक र मेटाको बाल सुरक्षा दावी बिरुद्ध मुद्दा दायर

इनेप्लिज २०७९ चैत १५ गते ११:१५ मा प्रकाशित

अमेरिकाको अर्कान्सास राज्यले सामाजिक संजाल टिकटक र मेटाको बाल सुरक्षा दावी बिरुद्ध मुद्दा दायर गरेको छ ।

अर्कान्सासले टिकटक र फेसबुक अभिभावक मेटाका मन्च (प्लेटफर्म)हरूमा बालबालिकाको सुरक्षा र प्रयोगकर्ताहरूको निजी तथ्यांक )डेटाको सुरक्षा बिषयलाई लिएर गत मंगलबार मार्च २८ का दिन मुद्दा हालेको छ ।

सामाजिक सञ्जाल सँस्थाहरूले आफ्ना मन्च (प्लेटफर्म)हरूमा बालबालिकाको सुरक्षा र प्रयोगकर्ताहरूको निजी तथ्याँक (डेटा)को सुरक्षाको बारेमा उपभोक्ताहरूलाई भ्रामक गरेको दाबी गर्दै अर्कान्सास राज्यले टिकटक र फेसबुकको अभिभावक मेटामाथि मंगलबार मुद्दा दायर गरेको हो ।

राज्यले टिकटक र यसको चिनियाँ मूल संस्था (कम्पनी )बाइटडान्स विरुद्ध दुई वटा मुद्दा दायर गरेको छ भने र मेटा बिरूद्ध तेस्रो मुद्दा दायर गरेको छ ।

दुवैले राज्यको भ्रामक व्यापार अभ्यास ऐन उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्धा दायर गरिएको एबिसीन्यूजले समाचार लेखेको छ।

प्रतिक्रिया