नेपालमा हस्तकला प्रदर्शनी मेला आयोजना हुंदै

इनेप्लिज २०७९ चैत १४ गते २२:१० मा प्रकाशित

लस एन्जलस – नेपालमा दशकौंदेखी शुरु भएको र सन २००० देखी अमेरिका तथा युरोपमा विस्तार भएको हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनी ले नेपालमा पहिलो अन्तरराष्ट्रिय हस्तकला मेलाको आयोजना गर्दैछ । ‘अन्तरराष्ट्रिय हस्ताकला मेला, नेपाल – २०८०’ को ब्यानरमा नेपालको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी आगामी २०८० साल बैशाख ८ गते देखि १० गते सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । नेपाली उत्पादनलाई युरोप तथा बिशेषत: अमेरिकी बजारमा प्रबर्धन गर्दै आएको कम्पनीले विश्वस्तरमा अझै विस्तार गर्दै प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई लोकप्रिय नेपाली उत्पादनको निर्यातलाई बढावा दिदैं उक्त मेला मार्फत प्रचार गरिने लक्ष्य रहेको जनाएको छ ।

आयोजक हिमालयन इन्टरनेशनल एक्स्पो, आइएनसीले नेपाली हस्तकलाका उत्पादनहरुको अलावा पर्यटन तथा नेपाली कला र संस्क्रिती झल्कने स्वदेशी तथा विदेशी १७६ बुथहरु रहने जनाएको छ । नेपाल लगायत अमेरिका, क्यानाडा, युरोपका देशहरु, चीन, भारत र अन्य देशहरुबाट सहभागीहरुको टुंगो लागेको जनाईएको छ ।

बिशेषत: नेपाली हस्तकला, पर्यटन तथा नेपाली संस्क्रिती प्रबर्धनको उदेश्य रहेको प्रदर्शनी मेलामा ‘ब्यापार प्रबर्धन र सम्भावनाहरु’ विषयमा गोष्ठी आयोजना गरिने र विश्व बजारबाट विदेशी क्रेताहरुसम्म पहुंच बनाउंदै बढी भन्दा बढी नेपाली व्यापारीलाई बिदेशी व्यापारीहरुसंग सम्वन्ध विस्तार गराई निर्यात बढाई नेपाली उत्पादनको आर्थिक सम्बृद्धिको कोशेढुंगाको रुपमा यो मेलालाई लिईएको कम्पनीका प्रमुख कपिल अधिकारीले जनाएका छन । ‘विश्व बजारमा नेपाली उत्पादनलाई प्रचार गराई नेपालीहरुकै आर्थिक उन्नतीका लागी पहिलोचोटी एकल हस्तकला मेला गर्ने साहस गरेको हुँं,’ अधिकारीले बताए । ‘बिगतका वर्षहरुमा गरिने अन्तिम तयारी हुंदाहुंदै कोरोना कहरको बाध्यताले रोकिएको यो प्रोजेक्ट आगामी बर्षहरुमा पनि निरन्तरता दिईनेछ’, अधिकारीले बताए ।

हिमालयन इन्टरनेशनल एक्स्पो, आइएनसीले नेपालको प्राचिन संस्क्रिती, उत्पादन र सम्पदाको संरक्षणप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराई नेपाली उत्पादनको पहुंच र प्रचार गरी आर्थिक उन्नतीको पथमा अझै लम्कन आगामी अप्रिल २१ देखी २३ सम्म आयोजना हुने यो ऐतिहासिक मेलामा सहभागीता जनाउन आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो समावेश गरी संपर्क गर्नुहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया