अमेरिकी सीमा नजिकैको मेक्सिकन अध्यागमन हिरासत केन्द्रमा आगलागी हुदी ३९ जनाको मृत्यु, २९ जना घाइते 

इनेप्लिज २०७९ चैत १४ गते १४:१० मा प्रकाशित

अमेरिकी सीमा नजिकैको मेक्सिकोको अध्यागमन हिरासत केन्द्रमा  आगलागी हुँदा तीन दर्जनभन्दा बढी आप्रवासीको मृत्यु भएको एक सरकारी सॅस्थालो मंगलबार जानकारी गराएको छ ।

देशको अध्यागमन कारागारमा सबैभन्दा घातक घटनाहरू मध्ये एक हो । 

सोमबार ढिलो आगलागी भएको बताईएको छ  । आगो निभाउन रुग्ण वाहिनी ,शवगृह वाहनहरु घटनास्थलमा पुगेका छन ।

राष्ट्रिय अध्यागमन संस्थानका अनुसार ३९ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

उनीहरुको अवस्था “नाजुक-गम्भीर” रहेको छ। आगलागीको समयमा केन्द्रमा मध्य र दक्षिण अमेरिकाका ६८ जना पुरुष रहेको बताईएको छ ।

प्रतिक्रिया