साउदी अरबमा यात्रीयान सवारी साधन (बस )पुलमा ठोक्किँदा कम्तिमा २० जनाको मृत्यु

इनेप्लिज २०७९ चैत १४ गते ०:३० मा प्रकाशित

साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमले देशको दक्षिणपश्चिममा खचाखच भरिएको यात्रीयान सवारी साधन (बस) एउटा पुलमा ठोक्किँदा, पल्टिँदा र आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको जनाएको छ।

अल-एखबरिया संचार माध्यम/दूर दर्शन(टिभी)ले दुर्घटनामा अन्य २९ जना घाइते भएको बताएको छ। यमनको सिमानामा पर्ने दक्षिणपश्चिमी असिर प्रान्तमा गाडीको रोक यन्त्र विफल हुँदा (ब्रेक फेल) हुँदा दुर्घटना भएको बताइएको छ ।

दुर्घटना रमजानको पहिलो हप्तामा भएको हो भनि एबिसीनयुजले समाचार लेखेको छ । धेरै मानिसहरू मुसलमानहरुको (मुस्लिम) पवित्र महिनामा परिवार र साथीहरूसँग रात्रि भोजको आनन्द लिन यात्रा गर्छन्।

प्रतिक्रिया