टेक्ससमा ४२ बर्षिय पतिको अर्बुदरोग(क्यान्सर)बाट निधन भए पछि दाहसंस्कारको लागि पत्नीद्वारा सहयोगको आह्वान ,गो फन्ड मि संचालनमा

इनेप्लिज २०७९ चैत १३ गते ०:३२ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा एक ४२ बर्षिय पतिको अर्बुदरोग(क्यान्सर)बाट निधन भए पछि दाहसंस्कारको लागि उनकी पत्नीले सहयोगको आह्वान गर्दै गो फन्ड मि संचालनमा ल्याएकी छिन । गत २४ घण्टा अगाडी खोलीएको गो फन्डमा लक्ष्य २० हजार डलर राखिएको छ भने अहिले मार्च २६ आइतबार ८:३० बजे सम्म १२ हजार ४ सय डलर संकलन भै सकेको छ ।

उनले २४ घण्टा अगाडी मात्र दाहसंस्कारको लागि सबैमा अनुरोध गरेकी छिन । टेक्सस अर्भिङ्गकि सरस्वती ओलीले भर्खरै मेरो श्रीमानलाई १२ महिना भन्दा बढी समयदेखि दुर्लभ अर्बुद (क्यान्सर)सँग संघर्ष गरेपछि गुमाएको गो फन्ड मी मा उल्लेख गरेकी छिन ।

श्रीमान केवल ४२ बर्षको मात्र भएको र ११ वर्षीय छोरा र वर्षीया छोरीलाई छोडेर जानु भएको उनले जनाएकी छिन । पतिलाई अर्बुद भएको पत्ता लागेदेखि हामीले निकै कठिन समय भोगेको र दुबै जना एक वर्षदेखि काम नगरेको समेत ओलीले बताएकी छिन ।

उनले दुई बच्चाहरुसंगै आफ्नो जीवन कसरी अगाडि बढाउन सक्छु भनेर सोच्न सकिरहेको छैन भनि भावुक कुरा राखेकी छिन ।

उनले श्रीमानलाई बचाउन सक्दो प्रयास गर्‍यौं, तर हाम्रो सबै समय र पैसा खर्च गरेर पनि पतिलाई बचाउन सकेनौं। अब म अन्तिम संस्कार र हुलाकबाट आउने बिजक (मेलबक्स बिल)हरू सहित आगामी खर्चहरूको बारेमा चिन्तित छु भनि अझ मार्मिक हरफहरु लेखेकी छिन ।

मैले मानव जीवनको सत्यलाई स्वीकार गरेको छु । आगामी दिनहरूमा मेरा बच्चाहरू र व्यक्तिगत जीवनको हेरचाह गर्ने निर्णय गरेको छु भन्दै ओलीले यस दुखद घडीमा हामीलाई समुदायको प्रार्थना र प्राप्त हुने आर्थिक सहयोगले आफू अगाडी बढ्न सक्ने कुरा व्यक्त गरेकी छिन ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :https://www.gofundme.com/f/help-and-support-needed-for-my-husbands-funeral?

प्रतिक्रिया