युक्रेनद्वारा अन्तर्राष्ट्रिय सहयोगीहरूलाई “क्रेमलिनको आणविक भयादोहन (ब्ल्याकमेल)” विरुद्ध कारबाही गर्न आह्वान

इनेप्लिज २०७९ चैत १२ गते १६:४२ मा प्रकाशित

युक्रेनले अन्तर्राष्ट्रिय सहयोगीहरूलाई “क्रेमलिनको आणविक भयादोहन(ब्ल्याकमेल)” विरुद्ध कारबाही गर्न आह्वान गरेको छ ।

बेलारुसमा सामरिक आणविक हतियारहरू तैनाथ गर्ने आफ्नो अभिप्राय बारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ “अझै अर्को उत्तेजक कदम” हो ।

जसले आणविक निशस्त्रीकरण प्रयासहरू र “समग्र रूपमा अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली” लाई कमजोर बनाउँछ, युक्रेनको विदेश मन्त्रालयले आइतवार एक विज्ञप्तिमा अन्तर्राष्ट्रिय सहयोगीहरूलाई ध्यानाकर्षण गराएको छ ।

“मानवता विरुद्धको डरलाग्दो अपराध र युद्ध अपराधको बाबजुद क्रेमलिनले सार्वभौम राज्य विरुद्धको यो आक्रामक युद्ध गरि रहेको छ, रुसले युद्धको मैदानमा जित्न नसक्ने आफ्नो असक्षमता प्रदर्शन गरिरहेको छ,” मन्त्रालयले भन्यो।

युक्रेनले बेलारुसमा आणविक हतियारहरू तैनाथ गर्ने आपराधिक इरादाहरू लागू गर्न रोक्नको लागि बेलारूसी समाजलाई अपील गरेको छ । आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धि अन्तर्गत आफ्नो दायित्वहरूको उल्लङ्घन समेत गरेको जनाएको छ ।

बेलारुसलाई क्रेमलिन बन्धकमा परिणत गर्ने र विनाशकारी परिणामहरू निम्त्याउने युक्रेनले जनाएको छ ।

कीभले समूह अफ सेभेन (जी -सेभेन ) गठबन्धन र युरोपेली संघलाई बेलारुसका अधिकारीहरूलाई उनीहरूको भूमिमा हतियारहरू स्वीकार गरेमा “दीर्घकालीन नतिजा” बारे चेतावनी दिन अपील गरेको छ ।

“हामीले यस उद्देश्यका लागि तुरुन्तै संयुक्त राष्ट्र सुरक्षा परिषद्को असाधारण बैठक बोलाउन माग गर्दछौं,” मन्त्रालयले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

“युक्रेनले अन्तर्राष्ट्रिय समुदायका सबै सदस्यहरूलाई पुटिनको पछिल्लो “आणविक उत्तेजना” को अत्यन्तै अस्वीकार्यता व्यक्त गर्न आह्वान गरेको छ।

मानव सभ्यताको भविष्यलाई खतरामा पार्नेहरू विरुद्ध विश्व एकजुट हुनुपर्छ ,मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया