अलबिदा कृष्ण ! दाहसंस्कार सम्पन्न

इनेप्लिज २०७९ चैत ११ गते २३:४४ मा प्रकाशित

अलबिदा कृष्ण ! अमेरिकाको टेक्सस राज्यका नेपाली समुदायका अगुवा स्व कृष्ण लामिछाने अब कहिले नफर्कने गरि सधैको लागि बिलय भएका छन् । उनको अन्तेष्टी आज मार्च २५ शनिबारका दिन टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न गरिएको छ ।

उनको हिन्दु धर्म अनुसार दाहसंस्कार सम्पन्न गरिएको छ भने स्व लामिछानेका दुई छोरीहरुले दाग बत्ति दिएका थिए । टेक्सस राज्यमा बसोबास गर्ने नेपाली समुदायहरुले श्रद्धापूर्वक र भावपूर्ण रुपमा श्रद्धान्जली अर्पण गरेका थिए । उक्त दाह संस्कारमा वातावरण निकै भावुक बन्न पुगेको थियो भने समुदायले मन थाम्न नसकेको र आँखाभरि आँशु लिदै पुष्प गुच्छाको साथै श्रद्धा सुमन अर्पण गरेका थिए । केही सामाजिक अभियन्ताहरुले स्व कृष्ण लामिछानेको तस्बिर भएको गोल बाहिरी गन्जी (भेस्ट )समेत लगाएर श्रद्धा सुमन अर्पण गरेका थिए  । 

अन्तेष्टी बिहान ११ बजे देखि १ बजे सम्म ड्यालस शहरकै ह्युज फ्यामिली ट्रीब्युट सेन्टरमा गरिएको थियो । नेपाली समाज टेक्सस लगायत अन्य संघ/संस्थाहरुको पहलमा दाह संस्कार सम्पन्न भएको छ ।

नेपाल गोर्खा घर भै अमेरिकाको टेक्सस राज्यमा लामो समय देखि बस्दै आएका स्व लामिछाने गत मार्च २१ मंगलबारका दिन दिउसो स्वयम देहत्याग गरेका थिए । दाहसंस्कार मार्च २४ शुक्रबारका दिन राखिएको थियो भने पछि यसलाई मार्च २५ शनिबारका दिन तय गरिएको थियो । मार्च २१ देखि उनको अस्वाभाविक मृत्युको खबरले सबैलाई आश्चर्य बनाउनुको साथै नेपाली समुदायलाई अत्यन्तै दुखित बनाएको छ ।

मृत्यु र दाह संस्कार बीच सामाजिक संजाल मार्फत स्व लामिछानेका बुवाले अन्तिम पटक छोराको अन्तिम पटक मुख हेर्ने इच्छाको पत्रको ब्यापक चर्चा रह्यो । सामाजिक संजाल भरि आयोजकलाई बुवा आए पछि मात्र दाह संस्कार गर्न हजारौ हजार प्रतिक्रियाको साथै अमेरिकाका गैर आवासीय नेपाली संघका नेतृत्वमा समेत रहेका महिला समूहले बुवाको लागि समय सार्न समेत आह्वान गरेका थिए ।

त्यस्तै सामाजिक संजाल टिकटक समेतमा स्व लामिछानेका तस्बिरहरु सार्वजनिक भए पछि हत्या या आत्महत्या जस्ता तर्क बितर्कको साथै घरेलु हिंशा जस्ता चर्चाले सामाजिक संजाल भरिएको छ । तथापी पूर्व घोषित कार्यक्रम भएकोले आयोजकहरुले तोकेको दिन र समयमा दाह संस्कार सम्पन्न गरेका छन् ।

दाह संस्कार सम्पन्न भएता पनि बुवाको अन्तिम इच्छालाई किन लत्याएको र किन हतार गरिएको भन्दै सामाजिक संजालमा जिज्ञाशा राख्नेहरुको ओइरो छ ।

अन्त्यमा अलबिदा कृष्ण जी !

पुन : एक पटक स्व कृष्ण लामिछानेको दिवंगत आत्माको चीर-शान्तीको कामना ईनेप्लिज परिवारको तर्फबाट गर्दछौ ।

तस्बिर कृतज्ञता : युएस खबर डटकम

प्रतिक्रिया