पुटिनले छिमेकी बेलारुसमा सामरिक आणविक हतियार राख्ने योजना बनाएको बताएका छन् । रुसले छिमेकी बेलारुसमा सामरिक आणविक हतियार राख्ने योजना बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार सरकारी दूरदर्शनलाई भने।
मस्कोले जुलाईको प्रारम्भमा बेलारुसमा सामरिक आणविक हतियारहरूको लागि विशेष भण्डारण सुविधाको निर्माण पूरा गर्नेछ, पुटिनले राज्यद्वारा संचालित तथा प्रसारित संचार माध्यममा बताए ।
उनले मस्कोले पहिले नै एक इस्कान्डर छोटो दूरीको क्षेप्यास्त्र प्रणाली जुन आणविक वा परम्परागत हतियार(वारहेड)हरूसँग उपयुक्त हुन् सक्ने र बेलारुसलाई हस्तान्तरण गरिसकेको उनले भने ।
अन्तर्वार्ताका क्रममा पुटिनले बेलारुसलाई सामरिक आणविक हतियार बोक्न सक्षम बनाउन रुसले १० वटा विमानलाई रूपान्तरण गर्न मद्दत गरेको पनि बताए । रूसले अर्को महिनाको सुरुमा पुन: स्वरुप गरिएका विमानहरू उडान गर्न बिमानचालकहरूलाई प्रशिक्षण दिनेछ, उनले थपे।
प्रतिक्रिया