मृत्युका डामहरू

विमला ढुंगाना मेनचेस्टर , युएसए । २०७९ चैत ९ गते २१:३३ मा प्रकाशित

मृत्यु सघैं अटल र सत्य

न त कोही हुने अजर अमर

जानै पर्छ एक दिन

छाडेर भौतिकता ।

तर

कसरी र किन हुन्छ

आफैंलाई अन्तर्घात

लुछेर आफ्नै धुकधुकी

निमोठेर पवित्र जीवनी !

चिथोरेर प्रियजनका नयनहरू

रेटेर छातीको कोमलतामा

भूलेर मिठो सम्वन्ध

अनी

स्वयम को विराजता !

कर्म, कर्तव्यको परिधि मात्र हैन

टुटाएर मिठा सपना अनि

सुन्दर कल्पनाका डोरी

किन निर्ममता सुन्दर फूलको ?

चुंडालेर

जीवनरूपी सुन्दर थुंगा ।

फ्यांकिदिंदा खुसीका पत्रहरू

नफर्किने गरी उड्यो पर क्षितिजमा

मुटुभरी डाम छाडेर 😢😢

विमला ढुंगाना
मेनचेस्टर , युएसए ।

प्रतिक्रिया