सी र पुटिन द्वारा युक्रेनमा “तनाव बढाउन” र युद्ध लम्ब्याउने कार्यहरू अन्त्य गर्न आह्वान 

इनेप्लिज २०७९ चैत ७ गते १६:५७ मा प्रकाशित

चिनियाँ नेता सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तनाव बढाउने र युद्धलाई लम्ब्याउने कार्यको अन्त्यका लागि आह्वान गरिरहेको चीनिया सरकारी सॅचार माध्यम  पिपुल्स डेलीले मंगलबार मस्कोमा भएको दुई नेताको भेटमा जारी गरेको रिडआउट( पढिएको)मा उल्लेख गरेको छ ।

वक्तव्य अनुसार रूसले युक्रेनमा चीनको “उद्देश्य र निष्पक्ष” अडानको बारेमा सकारात्मक कुरा गरेको छ । 

 दुबै पक्षले कुनै पनि देश वा देशहरूको समूहलाई “सैन्य, राजनीतिक वा अन्य फाइदाहरूको खोजीमा अन्य देशहरूको वैध सुरक्षा हितलाई हानि गर्ने बिषयमा विरोध गरेको उक्त वक्तव्यमा जनाईएको सिएनंएनले समाचार लेखेको छ ।

रुसले सकेसम्म चाँडो शान्ति वार्ता पुनः सुरु गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍यायो भने जस्को  चीनले प्रशंसा गरेको पीपुल्स डेलीका जनाएको छ ।

रुसले पनि चीनले आफ्नो १२ बुँदे शान्ति योजनामा ​​प्रस्ताव गरेका केही उपायहरू सहित राजनीतिक र कूटनीतिक माध्यमबाट युक्रेनको द्वन्द्वको समाधान खोज्न चीनले “सक्रिय भूमिका” खेलेको स्वागत गरेको छ।

दुबै नेताहरूले सबै देशहरूको वैध सुरक्षा चासोलाई सम्मान गर्नुपर्दछ भनिएको छ।

प्रतिक्रिया