जापानका प्रधानमन्त्री अचानक युक्रेनको भ्रमणमा

इनेप्लिज २०७९ चैत ७ गते १४:१३ मा प्रकाशित

जापानी प्रधानमन्त्री कीभ आइपुगेको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ । 

 प्रधानमन्त्री फुमियो किशिदा “ऐतिहासिक भ्रमण” को एक भागको रूपमा युक्रेनको राजधानी आइपुगेका छन , युक्रेनी विदेश मामिलाका प्रथम उपमन्त्री एमिने झापारोवाले मंगलबार बताईन।

“युक्रेन जापानका प्रधानमन्त्री किशिदा फुमियोलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । यो ऐतिहासिक भ्रमण युक्रेन र जापानबीचको ऐक्यबद्धता र बलियो सहयोगको सङ्केत हो,” उनले आफ्नो आधिकारिक ट्वीटर खातामा भनेकी छन ।

प्रतिक्रिया