ट्रम्पले आफू मंगलबार गिरफ्तार हुने अपेक्षा गरेको र समर्थकहरूलाई विरोध गर्न आह्वान

इनेप्लिज २०७९ चैत ४ गते १३:०८ मा प्रकाशित

ट्रम्पले आफू मंगलबार गिरफ्तार हुने अपेक्षा गरेको र समर्थकहरूलाई विरोध गर्न आह्वान गरेको बताएका छन ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार उनलाई अर्को हप्ता म्यानह्याटन जिल्ला अधिवक्ताद्वारा अनुसन्धानको सम्बन्धमा पक्राउ पर्ने आशा गरेको बताउदै आफ्ना समर्थकहरुलाई विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

शनिबार एक सामाजिक सञ्जाल पोस्ट(प्रकाशन )मा ट्रम्पले आफूलाई उल्लेख गर्दै भने, “प्रमुख रिपब्लिकन उम्मेद्वार र संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपतिलाई अर्को हप्ताको मंगलबार पक्राउ गरिनेछ।”

उनले यसको बिरोध गर्न र हाम्रो राष्ट्र भन्दै राष्ट्रलाई फिर्ता लिन आग्रह गरेका छन् ।

ट्रम्पले आफूलाई अभियोग लाग्नुको कारणबारे कुनै विवरण दिएका छैनन् भनि सिएनएनले समाचार लेखेको छ । तर उनको कानुनी टोलीले यो चाँडै हुने अपेक्षा गरेको छ ।

प्रतिक्रिया