जेलेन्स्कीद्वारा फिनल्याण्डका प्रधानमन्त्रीलाई “स्वतन्त्र युरोपको रक्षक” भन्दै धन्यवाद दिए

इनेप्लिज २०७९ फागुन २७ गते २२:०७ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिनलाई आफ्नो देशले युक्रेनलाई उपलब्ध गराउँदै आएको रक्षा सहयोग संपुष्टि (प्याकेज)का साथै “बख्तरबन्द गठबन्धनमा सहभागिता” गरेकोमा धन्यवाद दिएका छन् ।

उनले जेलेन्स्की र युक्रेनी अधिकारीहरूसँग वार्ता गरिन र घाइते सैनिकहरूलाई भेटिन् । दुई नेताबीचको वार्ता रक्षा र सुरक्षामा केन्द्रित भएको उनको कार्यालयले जनाएको छ ।

“म विश्वस्त छु कि हामी हाम्रा दुबै राष्ट्रहरू,हाम्रो स्वतन्त्रता र सार्वभौमसत्ता युक्रेन र फिनल्याण्ड र हाम्रा युरोपेली छिमेकीहरूको लागि हाम्रो सहयोगको यस क्षेत्रलाई अझ सुदृढ गर्नेछौं,” जेलेन्स्कीले मारिनलाई “युक्रेनको सच्चा मित्र, एक रक्षक ” भनी सम्बोधन गरे ।

विज्ञप्तिमा मारिनले भनिन “आज कीभमा राष्ट्रपति जेलेन्स्कीसँग व्यक्तिगत रूपमा भेट्न पाउँदा म धेरै खुसी छु। तपाई साहस, बहादुरी र युरोपका लागि राम्रो भविष्यको सम्भावनाको प्रतीक हुनुहुन्छ।”

“हामी राष्ट्रपति जेलेन्स्कीको शान्ति सूत्रलाई समर्थन गर्छौं र यो योजनाले काम सुरु गरोस् भन्ने चाहन्छौं। यो मात्र दिगो शान्ति हो जसले हाम्रो युरोपेली देशहरूको परिवार, यूरो-एटलान्टिक परिवार, शान्त र समृद्धि दिन सक्छ। हामी युक्रेन एक सहयोगीको रूपमा नेटोमा सामेल हुन चाहन्छौं। ” उनो बिज्ञप्तिमा भनिएको छ ।

नेताहरूले रुसमाथिको प्रतिबन्धको बढ्दो दबाब, युक्रेनको पुनर्निर्माणका साथै युक्रेनविरुद्ध रुसको आक्रमणका लागि विशेष न्यायालयको स्थापना गर्ने विषयमा पनि छलफल गरेका थिए।

शुक्रबार, जेलेन्स्कीले कीभ भ्रमणमा रहेका नर्वेका रक्षामन्त्री ब्योर्न एरिल्ड ग्रामसँग पनि वार्ता गरे भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया