रुसद्वारा युक्रेनमा रातभरि ८१ वटा क्षेप्यास्त्र प्रहार,महत्वपूर्ण पूर्वाधारलाई निशाना

इनेप्लिज २०७९ फागुन २५ गते १२:०६ मा प्रकाशित

रुसले युक्रेनमा रातभरि ८१ वटा क्षेप्यास्त्र( मिसाइल )प्रहार गरेको युक्रेनी सेना प्रमुखले बताएका छन् ।

रुसले बिहीबार राति विभिन्न प्रकारका ८१ वटा क्षेप्यास्त्र (मिसाइल )प्रहार गरेको युक्रेन विरुद्ध नयाँ घातक हमला सुरु गरेको युक्रेनी सेनाका प्रमुखले बताए ।

सशस्त्र बलका सेना प्रमुख(कमाण्डर-इन-चीफ जनरल )भ्यालेरी जालुज्न का अनुसार क्षेप्यास्त्रहरूले महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाए।

साथै, इरानले बनाएको शाहेद-१३६/१३१ मानवरहित युद्धयान (ड्रोन)का आठ प्रक्षेपण गरिएको उनले बताए।

उनले युक्रेनी सेनाले ४८ मध्ये ३४ एक्स–१०१/एक्स–५५५, ‘कलिब्र’ समुन्द्री क्षेप्यास्त्र (क्रुज मिसाइल), आठ एक्स–३१पी र एक्स–५९ गाईडेड मिसाइल (क्षेप्यास्त्र )र चार मानवरहित युद्धयान (ड्रोन)नष्ट गरेको बताए ।

आक्रमणमा पश्चिमी शहर लुभ्यु मा कम्तिमा पाँच जनाको मृत्यु भएको र कीभमा घाइते भएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया