इस्टोनियाका प्रधानमन्त्री काजा कालास युक्रेन सहायताको विरुद्धमा प्रचार गर्ने अति दक्षिणपन्थी प्रतिद्वन्द्वीलाई पराजित गर्दै भारी मतले चुनावमा विजयी

इनेप्लिज २०७९ फागुन २३ गते १२:३३ मा प्रकाशित

इस्टोनियाका प्रधानमन्त्री युक्रेन सहायताको विरुद्धमा प्रचार गर्ने अति दक्षिणपन्थी प्रतिद्वन्द्वीलाई पराजित गर्दै भारी मतले चुनावमा विजयी भएकी छन् ।

इस्टोनियाकाप्रधानमन्त्री काजा कालासको रिफर्म दलले आइतबार देशको आम चुनावमा भारी जित हासिल गरेको छ, जसले युक्रेनलाई समर्थन कटौती गर्ने प्रस्ताव गरेको अति दक्षिणपन्थी कन्जर्भेटिभ पिपुल्स पार्टी अफ इस्टोनिया (ईकेआरई) को चुनौतीलाई पराजित गर्यो।

मंगलबार कालासले उनको दलले उदार इस्टोनिया २०० दल र सोशल डेमोक्र्याटसँग गठबन्धनको प्रस्ताव गर्नेछ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । सुरक्षा, वातावरण र जीवनयापनको लागतमा तीन पक्षको साझा धारणा रहेको छ । गठबन्धनको वार्ता भोलिदेखि सुरु हुने सम्भावना छ ।

उनको विजय पछि कालासले उनको दलको सशक्त जीतले इस्टोनयालीहरूले उदारवादी मूल्यहरू, युरोपेली संघ र नेटोमा स्थापित सुरक्षा र युक्रेनलाई दृढ समर्थनको अत्यधिक मूल्य दिने बताइन ।

इस्टोनिया युक्रेनलाई यसको अर्थतन्त्रको आकारको सापेक्ष सहायताको सबैभन्दा ठूलो योगदानकर्ता भएको छ । कालासले युक्रेनलाई रुस विरुद्ध लड्न मद्दत गर्न अन्तर्राष्ट्रिय सहायता बढाउन आह्वान गरेकी छन ।

प्रतिक्रिया