युरोपेली संसद्का अध्यक्षद्वारा युक्रेनको भ्रमण : बहादुर युक्रेनीहरू विरुद्ध गरेका अत्याचारहरूका लागि जवाफदेही बनाइने

इनेप्लिज २०७९ फागुन २१ गते २१:२८ मा प्रकाशित

युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले शनिबार युक्रेनको भ्रमण गरेकी छिन । हाम्रो महाद्वीपमा युद्ध सुरु गरेका आक्रमणकारीहरूलाई सजायको भागिदार बनाइने छ ,उनले भनिन ।

लुभ्यु मा “युनाइटेड फर जस्टिस” सम्मेलनमा वक्ता समूहको तर्फबाट बोल्दै, मेटसोलाले मस्को र यसका सेनाहरूद्वारा गरिएका सम्भावित अपराधहरूको प्रमाण सङ्कलन गर्ने पहलहरूको लागि संसदको समर्थन दोहोर्याईन ।

युरोपेली युनियन एजेन्सी फर क्रिमिनल जस्टिस (आपराधिक न्याय सहयोगको लागी यूरोपीय संघ )नामक संस्थाको अनुसार युक्रेनी अधिकारीहरूले युक्रेनमा कथित मुख्य अन्तर्राष्ट्रिय अपराधहरूको जवाफदेहिता सुनिश्चित गर्न यो तीन दिने सम्मेलन आयोजना गरेको थियो।

‘म चार छोराकी आमा हुँ । म उनीहरूलाई भन्न चाहन्छु, जब युक्रेनले युद्ध जित्छ, सबैलाई उनीहरूले गरेका अपराधहरू र बहादुर युक्रेनीहरू विरुद्ध गरेका अत्याचारहरूका लागि जवाफदेही बनाइनेछ, ”मेटसोलाले भनिन ।

युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का पनि युरोपेली संसदको नेतासँगै वक्ताहरुको सूचीमा रहेकी थिइन् । मेटसोलाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग शनिबार भेट गरेको सिएनएनले जनाएको छ ।

“युक्रेन र युरोपको भविष्य युवाहरूको काँधमा निर्भर छ,” युरोपेली नेताले एक ट्वीटमा भने। जेलेन्स्कीसँगको उनको भेटको बारेमा अर्को ट्वीटमा मेटसोलाले गत वर्ष युक्रेनबाट धेरै कुराहरू सिकेकी स्मरण गराइन ।

प्रतिक्रिया