दुई युक्रेनी बिमानचालक( पाइलट)हरुलाई अमेरिकाले एफ-१६ लडाकुविमानहरूमा प्रशिक्षण दिदै गरेको एनबिसी समाचारले जनाएको छ ।
उनीहरूलाई एफ-१६ लडाकु विमानहरू सहित आक्रमण गर्ने विमानहरू उडान गर्न कति समय लाग्न सक्छ भनेर निर्धारण गर्न मूल्याङ्कन भइरहेको छ भनि दुई कंग्रेस अधिकारीहरू र एक वरिष्ठ अमेरिकी अधिकारीले एनबिसीलाई बताएका छन् ।
टक्सन, एरिजोनामा रहेको अमेरिकी सैन्य आधारमा अनुकारी (सिमुलेटर)हरूमा युक्रेनीहरूको सीपको मूल्याङ्कन भइरहेको अधिकारीहरूले भने । र उनीहरू चाँडै उनीहरूका धेरै सहकर्मी बिमानचालकहरू संग सामेल हुन सक्छन्।
अमेरिकी अधिकारीहरूले यस महिनाको सुरुमै थप मूल्याङ्कनका लागि थप १० जना युक्रेनी विमानचालक (पाइलट)हरूलाई अमेरिका ल्याउन अनुमोदन गरेका छन्, अधिकारीहरूले भने।
पहिलो दुई विमानचालकको आगमनले युक्रेनी विमानचालकहरूले अमेरिकी सैन्य प्रशिक्षकहरूद्वारा आफ्नो सीप मूल्याङ्कन गर्न अमेरिका आएको पहिलो पटक हो। विमानचालकरूको सीप सुधार गर्न र उचित प्रशिक्षण कार्यक्रमले कति समय लिन सक्छ भनेर मूल्याङ्कन गर्न लक्ष्यहरू रहेको अधिकारीहरूले बताए ।
दुई प्रशासन अधिकारीहरूका अनुसार यो एक प्रशिक्षण कार्यक्रम होइन । युक्रेनीहरूले अमेरिकामा आफ्नो समयमा कुनै पनि विमान उडान गर्दैनन भनि उनीहरुले प्रष्ट पारेका छन् ।
प्रतिक्रिया