युक्रेनको वायुसेनाले डोनेट्स्क क्षेत्रमा रुसी लडाकु विमान खसालेको दाबी 

इनेप्लिज २०७९ फागुन १९ गते १७:५२ मा प्रकाशित

युक्रेनी वायुसेनाले शुक्रबार पूर्वी डोनेट्स्क क्षेत्रमा रुसी लडाकु विमान खसालेको बताएको छ । रुसको सरकारी सञ्चारमाध्यमले पनि विमानको  नमुना(मोडल )वा स्वामित्व नखुलेको घटनाको  विवरण दुई रहेको सिएनएनले बताएको छ ।

युक्रेनी वायुसेनाले आफ्नो आधिकारिक संचार माध्यम( टेलिग्राम च्यानल) मा प्रकाशित गरि उक्त दावी गरेको छ ।

एक रूसी एसयु-३५लडाकु-बम वाहक विमान डोनेट्स्क क्षेत्रको येनाकिएभ शहर नजिकै खसालिएको युक्रेनले दावी गरेको छ।

येनाकिइभ डोनेट्स्क शहरबाट करिब ५० किलोमिटर (३१ माइल) टाढा छ ।

सिएनएनले विमानको नमुना( मोडल) वा स्वामित्वको बारेमा युक्रेनी वायुसेनाको दाबी प्रमाणित गर्न असमर्थ छ भनेको छ ।

प्रतिक्रिया