वाग्नर भाडा समूहका संस्थापकद्वारा युक्रेनको जेलेन्स्कीलाई बाख्मुतबाट सेना फिर्ता गर्न आह्वान

इनेप्लिज २०७९ फागुन १९ गते १२:३० मा प्रकाशित

वाग्नर सैनिक भाडा समूहका संस्थापक येभगेनी प्रिगोजिनले उनको सेनाले बाख्मुतलाई घेरेको बताए । उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई डोनेट्स्क शहरबाट फिर्ता लिन आदेश दिन आह्वान गरेका छन् ।

“पीएमसी वाग्नर इकाइहरूले लगभग बाख्मुतलाई घेरेका छन्, त्यहाँ एउटा मात्र बाटो बाँकी छ,” उनले जेलेन्स्कीलाई बखमुतको उत्तरी बाहिरी भागमा खिचेको अङ्किय दृश्य (भिडियो)मा भने र आफ्नो सामाजिक संजालहरूमा प्रकाशन गरेका छन ।

तिनीहरू [युक्रेनी सैनिकहरू] लडिरहेका छन्, तर बाख्मुत नजिक तिनीहरूको जीवन छोटो छ एक वा दुई दिन मात्र छ । तिनीहरूलाई शहर छोड्ने मौका दिनुहोस्। शहर वास्तवमा घेरिएको छ,” प्रिगोजिनले सम्बोधनमा भने ।

शहरलाई घेरा हाल्ने रूसी प्रयासहरू बिहीबारदेखि शुक्रबारसम्म सहज भएको देखिन्छ भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया