गर्भवती महिला युक्रेनको जापोरिझिया घातक रूसी प्रक्षेपास्त्र(रकेट)आक्रमणबाट बचिन्,कम्तीमा ३ जनाको मृत्यु

इनेप्लिज २०७९ फागुन १८ गते १२:११ मा प्रकाशित

गर्भवती महिला युक्रेनको जापोरिझिया घातक रूसी प्रक्षेपास्त्र(रकेट) आक्रमणबाट बचेकी छिन् भनि सिएनएनले जनाएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार घातक रूसी प्रक्षेपास्त्र आक्रमणहरूको श्रृंखलामा ध्वस्त भएपछि जापोरिझियाको एक आवासीय भवनको भग्नावशेषबाट बिहीबार बिहान उद्धार गरिएका नौ जनामध्ये एक गर्भवती महिला पनि रहेकी थिइन् ।

युक्रेनको राज्य आपतकालीन सेवाले सामाजिक संजाल मेटा (फेसबुक ) प्रकाशनमा दक्षिणी शहरको आवासगृह भवनमा प्रक्षेपास्त्र प्रहार गर्दा कम्तीमा ३ जनाको मृत्यु भएको जनाएको छ।

रुसले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी दावी गरेको चार युक्रेनी क्षेत्रहरू मध्ये एकको राजधानी जापोरिझियाले हालैका महिनाहरूमा मस्कोको सेनाबाट निरन्तर आक्रमणको सामना गरेको छ।

मंगलबार गरिएको अध्यावधिक अनुसार रूसी तोपखानाले डोनेस्कबाट जापोरिझिया हुँदै खेरसोनसम्म जाने लामो अग्र पंक्तिमा ४० भन्दा बढी बस्तीहरूमा आक्रमण गरेको युक्रेनी सेनाले जनाएको छ ।

प्रतिक्रिया