अध्यावधिक गरिएको : ग्रीसमा रेल दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु , ८० भन्दा बढी घाइते

इनेप्लिज २०७९ फागुन १८ गते ०:४० मा प्रकाशित

अध्यावधिक गरिएको : ग्रीसमा रेल दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने कम्तिमा ८० भन्दा बढी घाइते भएका छन् ।

एक मालवाहक रेल र एक यात्रुबाहक रेल एक आपसमा ठोक्किएको थियो । मुख्यतया मानवीय त्रुटिका कारण दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

एकअर्कासँग ठोक्किएका दुईवटा रेलहरू १२ मिनेट र करिब ११ माइलको दूरीमा एउटै पंक्तिमा दौडिरहेका ग्रीसको सरकारी दूरदर्शन (टिभीले) बुधबार बताएको छ ।

ग्रीसको लारिसास्थित सामान्य अस्पतालका प्रमुख कोरोनर रुबिनी लियोन्तारीले ग्रीसको सरकारी दूरदर्शनलाई मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्षका उमेरका भएको बताए ।

ग्रीक अग्नि नियन्त्रण सेवाका अनुसार यात्रुवाहक रेल लगभग १०३ माइल प्रतिघण्टाको गतिमा यात्रा गरिरहेको र मालवाहक रेललाई ठक्कर दिएको थियो।

दुर्घटना मध्यरात अघि एथेन्स-थेस्सालोनिकी मार्गको टेम्पी शहरमा टेम्पेको उपत्यकाको प्रवेशद्वारमा भएको थियो । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बुधबार एक टिप्पणीमा रेल दुर्घटना “मुख्यतया दुखद मानवीय त्रुटिका कारण” भएको बताए।

रेल अएथेन्सबाट थेसालोनिकी जाँदै गरेको उत्तरतर्फ जाने यात्रुवाहक रेलमा करिब ३५० जना सवार थिए भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया