ग्रीसमा रेलहरू ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु ,८५ जना घाइते

इनेप्लिज २०७९ फागुन १७ गते २:३३ मा प्रकाशित

उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएको ग्रीसको अग्नि नियन्त्रण सेवा (फायर सर्भिस)ले बुधबार जनाएको छ ।

ग्रीसको राज्य-स्वामित्वको प्रसारणकर्ता ईआरटिमा तस्बिरहरूले ढालिएको रेल डिब्बाहरू र तिनीहरूको छेउमा उद्धार वाहनहरूको लामो पंक्तिहरूबाट धुवाँ निस्किरहेको देखाउँदछ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

उद्धारकर्मीहरूलाई दीप (टर्च)हरू लिएर बाँचेकाहरूको लागि गाडीहरू खोजिरहेका छन् । ग्रीक अग्नि नियन्त्रण सेवा (फायर सर्भिस)का प्रवक्ता भासिलिस वार्थाकोगियानिसले दूरदर्शन सम्बोधन (टेलिभिजन ब्रीफिंग)मा ३५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल स्थानीय समय अनुसार मध्यरातमा लारिसा शहर नजिकैको मध्य ग्रीसको टेम्पी क्षेत्रमा मंगलबार साँझ एक मालवाहक रेलसँग ठोक्किएको बताए ।

१७ वटा सवारी साधन , २० वटा रुग्ण वाहिनी (एम्बुलेन्स) सहित कम्तिमा १५० बारुण यन्त्र उद्धार कार्यमा संलग्न छन् । यात्रुवाहक ट्रेन एथेन्सबाट थेसालोनिकी जाँदै थियो, वार्थकोगियानिसले भने। यसैबीच खोज र उद्धार कार्य जारी छ र मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया