युक्रेनको लागि सबैभन्दा कठिन युद्ध बाख्मुतको वरिपरि छ : जेलेन्स्की

इनेप्लिज २०७९ फागुन १७ गते १:४९ मा प्रकाशित

युक्रेनको सबैभन्दा ठूलो चुनौती बाख्मुत शहरको रक्षा गर्नु हो, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार आफ्नो रात्रि अङ्किय दृश्य (भिडियो )सन्देशमा भने।

“सबैभन्दा कठिन अवस्था अझै पनि बाख्मुतमा छ र शहरको रक्षाका लागि आवश्यक लडाइँहरू छन्,” उनले भने।

जेलेन्स्कीका अनुसार रूसले पूर्वी शहर वरिपरि भारी नोक्सान भोगिरहेको छ । “रूसले मानिसहरूलाई पटक्कै गणना गरिरहेको छैन, तिनीहरूलाई हाम्रो स्थानहरूमा आक्रमण गर्न निरन्तर पठाउँदैछन । लडाईको तीव्रता बढ्दैछ,” उनले भने।

दक्षिणमा खेरसन क्षेत्रमा ३० भन्दा बढी रुसी आक्रमण पनि भएको राष्ट्रपतिले बताए ।

प्रतिक्रिया