अमेरिकी  ट्रेजरी सचिव( वित्त विभाग)जेनेट येलेन युक्रेनको आकस्मिक भ्रमणमा

इनेप्लिज २०७९ फागुन १५ गते १७:५३ मा प्रकाशित

अमेरिकी ट्रेजरी सचिव( वित्त विभाग)कि जेनेट येलेन युक्रेनको आकस्मिक भ्रमणमा युक्रेन पुगेकी छिन ।

रुससँगको युद्ध दोस्रो वर्षमा प्रवेश गर्दा कीभलाई समर्थन गर्ने अमेरिकी प्रतिबद्धता देखाउदै  येलेनले युक्रेनको अप्रत्याशित यात्रा गरेकी हुन ।

राष्ट्रपति बाइडेनले यात्रा  गरेको एक हप्ता पछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरिन ।

 ट्रेजरी डिपार्टमेन्ट( वित्त विभाग)ले उनि कीभमा हुँदा हालैको आर्थिक र बजेट सहायतामा १.२५ बिलियन डलरको स्थानान्तरणको घोषणा गरेको थियो ।

प्रतिक्रिया