युक्रेनले राजधानी किभमा इरानमा निर्मित रुसका १४ मध्ये ११ वटा मानवरहित युद्ध्यान खसाल्यो

इनेप्लिज २०७९ फागुन १५ गते १२:३३ मा प्रकाशित

युक्रेनले राजधानी किभमा इरानमा निर्मित रुसका ११ वटा मानवरहित युद्ध्यान (ड्रोन)खसालेको छ । फेब्रुअरी २७ सोमबार बिहान खसालिएको छ ।

प्रारम्भिक अनुमानका अनुसार युक्रेनी अधिकारीहरूले रुसले प्रक्षेपण गरेका १४ मध्ये ११ वटा शाहेद मानवरहित युद्ध्यानहरू खसालेको र अधिकांश कीभ नजिकै नष्ट भएको बताए।

मानवरहित युद्ध्यान निरन्तर रुपमा आक्रमण गरिएको थियो । र लामो समयसम्म चलेको थियो भने किभमा रातको हवाई हमलाको सावधानी चेतावनी (अलार्म)साढे ५ घण्टासम्म चलेको कीभ शहर सैन्य प्रशासनले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

किभ शहरको सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोका अनुसार अहिलेसम्म पूर्वाधार सुविधाहरूमा कुनै हताहत वा आक्रमण नभएको बताए

प्रतिक्रिया