जेलेन्स्कीद्वारा युक्रेनको संयुक्त सेनाका सेनाध्यक्षलाई बर्खास्त

इनेप्लिज २०७९ फागुन १४ गते २३:४० मा प्रकाशित

युक्रेनका संयुक्त सेना परिचालनका सेनाध्यक्ष(कमाण्ड)लाई उनको पदबाट बर्खास्त गरिएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार एक आदेश जारी गर्दै घोषणा गरे।

उपरथी एडुआर्ड मिखाइलोविच मोस्कालोभलाई गत मार्चमा रथी ओलेक्जेन्डर पाभलियुक कीभ क्षेत्रको सैन्य प्रशासनको प्रमुख नियुक्ति गर्दा उक्त पदमा नियुक्त गरिएको थियो।

जेलेन्स्कीले मोस्कालोभलाई के कारणले बर्खास्त गरिएको भन्ने बारेमा कुनै स्पष्टीकरण प्रदान गरेनन तर यो उनको प्रशासनले हालैको नेतृत्व परिवर्तनको लामो सूचीमा सबैभन्दा नयाँ हो।

युक्रेनी अधिकारीहरूले देशभर भ्रष्टाचार विरोधी खोजी र कडा कारवाहीको एक श्रृंखला सञ्चालन गरेका छन । विभिन्न उच्च पदका पदाधिकारीलाई बर्खास्त गर्ने क्रम जारी छ ।

मोस्कालोभको बर्खास्ती हालैको भ्रष्टाचार शुद्धीकरणसँग जोडिएको थियो वा थिएन भन्ने कुरा अझै स्पष्ट भएको छैन भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया