सरकार विरोधी प्रदर्शनका बीच इरानको मुद्रा नयाँ न्यून विन्दुमा पुगेको छ ।
राष्ट्रव्यापी सरकार विरोधी प्रदर्शन र २०१५ मा भएको आणविक सम्झौताको विघटनले अर्थतन्त्रलाई निरन्तर ध्वस्त पारेको कारण इरानको मुद्रा आइतवार नयाँ कीर्तिमानी (रेकर्ड )न्यून स्तरमा झरेको सिएनएनले जनाएको छ ।
पहिलो पटक डलरको तुलनामा ६,००,००० मा झर्यो। इरानी धेरैले मुद्रा अत्यन्तै तल खस्केको सामना गरि रहेका छन्। इरानको तथ्याङ्क केन्द्रका अनुसार गत जनवरीमा मुद्रास्फीति ५३.४ प्रतिशत पुगेको थियो भने दुई वर्ष अघि ४१.४ प्रतिशत थियो।
गम्भीर आर्थिक अवस्थाले जनता सरकार बिरुद्ध व्यापक आक्रोसमा रहेका छन् ।
सन् २०१५ मा अमेरिकासँगको आणविक सम्झौतामा हस्ताक्षर गर्दा इरानको मुद्रा डलरको तुलनामा ३२,००० रियालमा व्यापार भइरहेको थियो। सम्झौताले यसको आणविक गतिविधिहरूको कडा सीमा र निगरानीको बदलामा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाएको थियो ।
तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई उक्त सम्झौताबाट फिर्ता लिएका थिए ।
तर जो बाइडेन आए पछि बाइडेन प्रशासनले २०१५ को सम्झौतालाई पुनर्स्थापित गर्ने समर्थन गरेको छ । तर इरानले रुसलाई युक्रेनमा आक्रमण गर्न प्रयोग गरिएका सशस्त्र मानवरहित युद्ध्यानहरू आपूर्ति गरे पछि पश्चिमी देशहरूलाई थप आक्रोशित बनाएको छ।
प्रतिक्रिया