बिश्व प्रसिद्ध स्विडेनको अन्तर्राष्ट्रिय दूरसञ्चार सँस्था एरिक्सनले ८ हजार ५ सय रोजगारी कटौती गर्ने

इनेप्लिज २०७९ फागुन १३ गते १८:१० मा प्रकाशित

बिश्व प्रख्यात स्विडेनको अन्तर्राष्ट्रिय दूरसञ्चार सँस्था (टेलिकम कम्पनी) एरिक्सनले लागत घटाउनका लागि विश्वभरका ८,५०० रोजगारी कटौती गर्ने योजना बनाएको छ।

५ जि मोबाइल नेटवर्क( भ्रमणध्वनि संजाल )को विश्वको सबैभन्दा ठूलो प्रदायकहरू मध्ये एक यस वर्षको अन्त्यसम्ममा ८५९ मिलियनले लागत घटाउने अभियानको घोषणा गरेको छ।

“हामीलाई विश्वास छ कि कूल ८,५०० पदहरू प्रभावित हुनेछन्,” प्रवक्ताले भने, यो वर्षको पहिलो छ मासिकमा ठूलो मात्रामा कटौती गरिनेछ। “कूल गणना (हेडकाउन्ट) कटौतीको व्यवस्थापन गर्ने तरिका स्थानीय देश अभ्यासमा निर्भर गर्दछ।”

सोमबार एरिक्सनले स्वीडेनमा लगभग १,४०० रोजगारी कटौती गर्नेछ। ती कटौतीहरू कुल ८,५०० को हिस्सा हुन्, प्रवक्ताले गत शुक्रबार भने।

एरिक्सन हालैका हप्ताहरूमा हजारौंको रोजगारी कटौतीको घोषणा गर्ने सबैभन्दा नयाँ सँस्था हो। संचार माध्यम (मिडिया कम्पनी)हरूले पनि साङ्गणिक (अनलाइन )विज्ञापनमा कमी आएका कारण कर्मचारी कटौती गरिरहेका छन भनि सिएनएनले समाचार लेखेको छ ।

गत महिना एरिक्सनले संयुक्त राज्य अमेरिका जस्ता बजारहरूमा ५ जि उपकरणको बिक्री सुस्त भएको कारण चौथो त्रैमासिक मूल आम्दानी अपेक्षित भन्दा कम भएको विवरण दिएको रोयटर्सले समाचार लेखेको छ ।

प्रतिक्रिया