युक्रेनी सेनाले शुक्रबार अग्रपंक्तिमा रहेका क्षेत्रमा रुसी सेनाले उच्च स्तरको प्रक्षेपास्र (रकेट) आक्रमण र हवाई हमला गरेको जनाएको छ।
रुसले तोपखाना गोलाबारीका अतिरिक्त २७ वटा हवाई आक्रमण र ७५ बहु प्रक्षेपण प्रक्षेपास्र (रकेट )आक्रमण गरेको युक्रेनी सशस्त्र बलका सहायक सैन्य प्रमुखले शनिबार बिहान आफ्नो विवरणमा भने।
पूर्वी सहर बाख्मुत वरिपरि भीषण लडाई जारी छ। “शत्रुले हाम्रो सेनाको स्थानमा आक्रमण गर्न जारी राखेको छ, बर्खिभका, इभानोव्स्के र सेभेर्नको बस्ती नजिकै धेरै असफल आक्रमणहरू गरे,” र बाख्मुतको नजिकैको एक दर्जन भन्दा बढी ठाउँहरूमा गोलाबारी जारी राखेको उनले बताए ।
वाग्नर निजी सैन्य सँस्थाका लडाकुहरूले बाख्मुत वरपर “एकै पटक धेरै दिशाहरूमा आक्रमण” गरेका छन् ।
प्रतिक्रिया