ब्यङ्ग्य कविता: दोषी माटो

इनेप्लिज २०७९ फागुन १२ गते १:२७ मा प्रकाशित

मानब जिवनको आधार त्यो माटो
बदनाम पो गर्छन् टाठो र बाठो

त्यहि माटो बिना बल्दैन चूल्हो
खाइन्न पैसा पारेर‌ धूलो

एकादेशमा अहो आयो कस्तो लुट
माटालाइ दोष दिइ ठेकेदारलाई छुट

न्याय मुर्ति भन्ने गर्छन् यस्ता कुरा
पाएसि खान ठेकेदारको पुरा

भत्किन्छ नहर दोषी भो माटो
उक्किदा पिच दोषी भो बाटो

भत्किदा पुल दोषी भो खोला
यस्तै नजिरले अरु के के होला!

बलत्कारी केसमा जो छन् ती जेलमा
नमिल्दा हिसाब प्रेमका खेलमा

बैँसलाइ दोष दिइ तीन्लाइ नि छोड्देउ
जुन क्षेत्रका हुन त्यहि लगि जोडदेउ

मान्छे काटेर जो जेलमा परे
हातले त हैन हतियारले अरे

हतियार पो थुन्नु मान्छे थुन्नु किन?
देख्न पर्ने भो अब त्यस्ता दिन

जेलमा थुनिने भयो आज माटो
लापरबाही गर्ने ठेकेदारको साटो

त्यहि माटो लगि जेल भित्र थुन
पर्दैन कोही द्वार पाले हुन

माटैका नाममा सिधा नि भर
अख्तियार र ठेकदार बाँडीचुँडी गर

क्यारेर तीन्लाइ न्याय मुर्ति भने
माटै बाट कि ती मुर्ति बने!

टाउको बनाउदा नपुगेर माटो
थपे कि गोवर माटाको साटो

मिलेको देख्दा अख्तियार र ठेकदार
निर्दोषी माटो भयो आज दिक्दार!

✍️ अर्जुन राज पन्त बाग्लुङ मुलपानी

(ब्याङ्ग्य कवि पहिलो ब्यङ्ग्यकाब्यकार समेत हुन उनको ‘कोइली’ ब्यङग्यकाब्य प्रकाशित छ)

प्रतिक्रिया