अनेसास डीसी मेट्रो च्याप्टरले नारीदिवस विशेष कार्यक्रम गर्ने

जगन्नाथ पौडेल २०७९ फागुन ११ गते २३:३६ मा प्रकाशित

जगन्नाथ पौडेल, अनेसास

अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज, डीसी मेट्रो च्याप्टरले सर्जकमाझ डीसी च्याप्टर नियमित शृङ्खला-२ लाई नारीदिवस विशेष कार्यक्रमको रूपमा संचालन गर्ने भएको छ । अमेरिका र संसारका विभिन्न ठाउँमा रहेर नेपाली साहित्यको विकासमा योगदान गर्ने सर्जक तथा साहित्यप्रेमीहरूको बीचमा कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा नेपाली साहित्यमा विशेष योगदान गर्ने एकजना नारी स्रष्टालाई सम्मान गरिनेछ भने कविता वा सिर्जना प्रस्तुत गर्नुहुने स्रष्टालाई सम्मानपत्र प्रदान गरिने छ । अन्तर्राष्ट्रिय साहित्यसमाज केन्द्रीय समिति, बोर्ड अफ ट्रस्टी तथा दर्जनौं साहित्यकारहरूको संयुक्त उपस्थितिमा कार्यक्रम संचालन गरिने छ भने नारीविशेष कविता वा सिर्जनाहरू प्रस्तुत हुनेछन् । यस्ता रचनात्मक कार्यले समाजलाई सकारात्मक प्रेरणा मिल्नुका साथै सिर्जनात्मक बन्न प्रेरणा मिल्ने आयोजकको दाबी छ । महिनाको अन्तिम आइतवार संचालन हुने नियमित शृङ्खलाअन्तर्गत आगामी दिनमा थप रोचक कार्यक्रम ल्याउने योजना आयोजकको रहेको छ । कृति प्रकाशन तथा अन्य सिर्जनात्मक कार्यलाई प्रोत्साहन दिंदै फरक विधामा कार्यक्रम गरिने योजना रहेको संस्थाले जनाएको छ ।

कार्यक्रमको पहुँचमा सुगमता होस् भन्ने उद्देश्यले सार्वजनिक संचारमाध्यममार्फत जुम आइडी प्रकाशन गरी सम्पूर्ण साहित्यप्रेमीहरूलाई निमन्त्रणा पनि गरिएको छ । यो समाचार पढ्नुहुने र कार्यक्रममा सहभागी हुन चाहनुहुने सबैमा हार्दिक निमन्त्रणा गरिएको छ । सहभागी हुने कार्यक्रमको जानकारी यस प्रकार छ:

सर्जकमाझ डीसी च्याप्टर

नियमित शृङ्खला-२

नारीदिवस विशेष कार्यक्रम

आयोजक : अनेसास डीसी मेट्रो च्याप्टर

मिति : आइतवार फेब्रुवरी २६, २०२३

प्रत्यक्ष प्रसारण: DC Nepal

न्युयोर्क समय :~ सॉझ ८ :०० बजे

नेपाली समय: फागुन १५, शोमबार बिहान ७:१५ बजे

Meeting ID: 821 8626 2673

Passcode: 607451

प्रतिक्रिया