चीनले शुक्रबार युक्रेनमा शान्ति प्रस्ताव ल्याउने अपेक्षा गरिएको छ : अमेरिकी विदेश बिभागका अधिकारी

इनेप्लिज २०७९ फागुन ११ गते २३:२६ मा प्रकाशित

चीनले शुक्रबार युक्रेनमा शान्ति प्रस्ताव ल्याउने अपेक्षा गरिएको अमेरिकी विदेश बिभागका एक अधिकारीले बताएका छन् ।

बाइडेन प्रशासनले युक्रेनमा रुसको युद्ध समाधान गर्नका लागि चीनले शुक्रबार शान्ति योजनालाई टेबुलमा राख्ने अपेक्षा गरिरहेको अमेरिकी विदेश बिभागका एक अधिकारीले बिहीबार भनेका छन ।

“चिनियाँहरूले शान्तीवार्ताको टेबुलमा के राख्छन् भनेर हामी पर्खिरहेका छौं, यो भोलि घोषणा गरिने छ,” अमेरिकी विदेश बिभागका राजनीतिक मामिलाका उपसचिव भिक्टोरिया नुल्यान्डले वाशिंगटन पोस्टसँगको कुराकानीमा भनिन ।

चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले गत साताको अन्त्यमा म्युनिख सुरक्षा सम्मेलनमा टिप्पणी गर्दा आगामी योजनाको पूर्वावलोकन गरेका थिए।

नुल्यान्डले चिनियाँहरूले यो योजना कसरी प्रस्तुत गर्ने भनेर बताईनन्। भोलि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दैछ जहाँ चीनले यो प्रस्तुतीकरण गर्न सक्नेछ। बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सहभागी हुनेछन्।

नुल्यान्डले युद्ध अन्त्य गर्नको लागि कुनै पनि सम्झौताले न्यायपूर्ण र दिगो शान्ति ल्याउनु महत्त्वपूर्ण रहेको बताए।

प्रतिक्रिया