टर्की डिजास्टर एन्ड इमर्जेन्सी म्यानेजमेन्ट प्रेसिडेन्सी (एएफएडी-प्रकोप र आपतकालीन व्यवस्थापन ) ले यस महिना टर्की र सिरियामा गएको विनाशकारी भूकम्पको झण्डै दुई हप्तापछि अधिकांश प्रान्तहरूमा खोज र उद्धार कार्य समाप्त भएको जनाएको छ।
भूकम्पका कारण मृत्यु हुनेको संख्या ४०,६४२ पुगेको छ र धेरैजसो प्रान्तमा भग्नावशेषमा फसेका मानिसहरुको खोजी र उद्धारको काम सकिएको एएफएडीका प्रमुख युनिस सेजारले गत शनिबार बताए ।
“हामीले खोजी र उद्धार कार्य भोलि रातिसम्म अन्त्य गर्नेछौं भन्ने विश्वास छ,” उनले भने ।
गत फेब्रुअरी ६ मा टर्कीको दक्षिणपूर्वी र छिमेकी सिरियामा ७.८ परिमाणको ( म्याग्निच्युड)को भूकम्पले ४५,००० भन्दा बढी मानिसहरूको ज्यान गएको छ भने र अरबौं डलरको आर्थिक लागतको साथमा लाखौं मानिसहरू घरबारविहीन भएका छन ।
“हामीले इतिहासमा सामना गरेको सायद सबैभन्दा ठूलो प्रकोपको हामी अगाडि छौं। भूकम्प र पराकम्पनबाट भएको क्षति जुन ५,७०० भन्दा बढी थियो ,प्रभावित ११ प्रान्तमा मात्र सीमित रहेन,” सेजारले भने।
सिरियामा ५,८००० भन्दा बढीको मृत्यु भएको छ । धेरै दिनदेखि यो अंक फेरिएको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार टर्की र सिरिया दुबैमा लगभग २६ मिलियन ( २ करोड ६० लाख )मानिसहरूलाई मानवीय सहायता आवश्यक पर्ने जनाएको छ ।
प्रतिक्रिया