अमेरिकाको न्यू ह्याम्पशायरमा ईतिहासमा सबैभन्दा कम तापक्रम ,अहिले सम्म कै सर्वाधिक चिसो दिन

इनेप्लिज २०७९ माघ २१ गते २२:२२ मा प्रकाशित

अमेरिकाको न्यू ह्याम्पशायरमा ईतिहासमा सबैभन्दा कम तापक्रम अभिलेख गरिएको छ अर्थात् अहिले सम्म कै सर्वाधिक चिसो दिनको रुपमा लिइएको छ ।

वाशिंगटन पोष्टका अनुसार न्यू ह्याम्पशायरको माउन्ट वाशिंगटनको शिखरमा गत शुक्रबार तापक्रम १०८ डिग्री तल झरेको छ ।

मौसमविद् र जलवायु वैज्ञानिकहरूले संयुक्त राज्य अमेरिकाको इतिहासमा अभिलेख (रेकर्ड) गरिएको सबैभन्दा कम तापक्रम भएको वाशिंगटन पोष्टले समाचारमा उल्लेख गरेको छ ।

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा खतरनाक चिसो हावाले जन जीवन अस्त व्यस्त बनाएको छ । माउन्ट वाशिंगटनमा शुक्रबार राति माइनस(ऋणात्मक)४६ डिग्री फारेनहाइट तापक्रम र १२७ माइल प्रतिघण्टाको हावाका कारण ऋणात्मक (माइनस)१०८ डिग्री फारेनहाइट जस्तो महसुस भएको पोष्टले उल्लेख गरेको छ ।

ऐतिहासिक रूपमा तापक्रम अभिलेख (रेकर्ड)हरू नजिकबाट पत्ता लगाईएको छैन तर धेरै मौसमविद्हरूले अमेरिकी अभिलेख (अलास्कामा ऋणात्मक १०५ डिग्री फारेनहाइट) अभिलेख गरिएको बताएका छन् ।

माउन्ट वाशिंगटनको लागि अघिल्लो अभिलेख २००४ मा ऋणात्मक १०२.७ डिग्री फारेनहाइट अभिलेख गरिएको थियो।

आइतबार तापक्रम सामान्यभन्दा ५ देखि १० डिग्रीले बढ्नेछ।

प्रतिक्रिया