इरानका एक दम्पत्तिलाई नृत्य गरेको आरोपमा १० बर्षको कारागार सजाय

इनेप्लिज २०७९ माघ १९ गते ११:५१ मा प्रकाशित

इरानका एक दम्पत्तिलाई नृत्य गरेको आरोपमा १० बर्षको कारागार सजाय पाएका छन् । उक्त दम्पत्तिले सामाजिक संजाल इन्स्टाग्राममा दुवैले नृत्य गरेको अङ्कियदृश्य (डान्स भिडियो )प्रकाशन गरे पछि एक दशकको जेल सजाय सुनाइएको सिबिएसन्यूजले समाचार लेखेको छ ।

अमेरिकामा रहेको मानवअधिकार समूह र बेलायतको बीबीसी न्यूजका अनुसार एक युवा दम्पतीलाई इरानको अदालतले तेहरानको प्रमुख ऐतिहासिक स्थलको अगाडि नाचिरहेको अङ्कियदृश्य (भिडियो) सामाजिक संजालमा प्रकाशन गरे पछि प्रत्येकलाई एक दशकभन्दा बढी जेल सजाय सुनाएको छ।

तेहरानको एक अदालतले उनीहरूलाई “भ्रष्टाचार र सार्वजनिक वेश्यावृत्तिलाई प्रोत्साहन गर्ने” र “राष्ट्रिय सुरक्षामा बाधा पुर्‍याउने नियतले भेला भएको ” लगायतका आरोपमा दोषी ठहर गर्दै उनीहरूलाई १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको ह्रानाले जनाएको छ।

दम्पतीलाई अन्तर्जाल (इन्टरनेट )प्रयोग गर्न र दुई वर्षको लागि इरान छाड्नबाट पनि प्रतिबन्ध लगाइएको छ । बीबीसीले नोभेम्बर १ मा उनीहरुलाई गिरफ्तारी गरिएको पुष्टि गरेको छ ।

दम्पतीले आफ्नो दुवै इन्स्टाग्राम खाताहरूमा आफ्नो नृत्य राखे पछि २० लाख अनुयायी भएका थिए । त्यस पछि त्यो अङ्किय दृश्य(भिडियो )उनीहरूको खाताबाट मेटाइएको जस्तो देखिन्छ भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया