अनेसास अनुशासन समिति गठन

इनेप्लिज २०७९ माघ १८ गते २:०८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनुशासन समिति गठन गरेको छ । अनेसास आजीवन सदस्य विजयराज भट्टराईको संयोजकत्वमा ट्रष्टी डा. चुडामणि खनाल र कानूनविद् साधना घिमिरे सदस्यहरु रहनु भएको अनेसास अनुशासन समिति गठन गरिएको छ । अनेसास बोर्ड अफ ट्रष्टीको हालै सम्पन्न बैठकमा उक्त निर्णय भएको हो ।

संस्थाको विधानको धारा २६ बमोजिम केन्द्रीय कार्यसमितिको परामर्शमा गठन गरिएको हो । बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्धन पूजा, बोर्ड अफ ट्रष्टीका उपाध्यक्षहरु बिष्णुप्रसाद घिमिरे, तीर्थ पाण्डेय, महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी र सदस्यहरु रश्मी भट्ट, धर्मराज कोइराला र रिषीराम बरालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया