अमेरिका आउने नेपालीले ३ कुराहरु : कुलीन,धनाड्य तथा उच्च ओहदामा रहेको जस्ता शब्द विमानस्थल मै मिल्काउनु पर्ने

इनेप्लिज २०७९ माघ ९ गते १:०० मा प्रकाशित

यो लेख नव आगन्तुकहरुलाई ज्यादा उपयोगी हुन् सक्छ । तर सबैलाई नहुन पनि सक्छ । आफ्नो देश छोडी अमेरिका आए पछि सवै कुरा गौण हुन्छ । किनभने अधिकांशले अमेरिकामा शुन्यबाट सुरु गर्छन । अमेरिकामा हामी केवल दुई वटा सन्दुक लिएर मात्र आएका हुन्छौ । नेपाल जस्तो बसाई सराई गरे झैँ सवै कुरा अमेरिका ल्याउन सकिदैन ।

अमेरिकाले आफ्नो मातृभूमिमा भएको कुरालाई सुन्दैन । किनभने अमेरिका देशलाई यसको मतलव हुदैन ।

अमेरिकाले आफ्नो मातृभूमिमा भएको कुरालाई सुन्दैन । किनभने अमेरिका देशलाई यसको मतलव हुदैन । हामी नेपालीहरु धाक लगाउदैनौ । किनभने हामीलाई हाम्रो यथार्थता थाहा हुन्छ । तर पनि कही हामीबाट यस्ता कुराहरु निक्लने पनि हुने हुन्छ । गल्ति र भुलचुक हामीबाट यस्तो कुलीन,धनाड्य तथा उच्च ओहदामा रहेको भन्ने शब्द फुत्त निक्लने पनि डर हुनाले स्मरण गर्दा राम्रो हुनेछ भन्ने हाम्रो सोचाई छ ।

सावधान हुनु पर्छ नत्र खिसिको पात्र हुनु पर्ने हुन्छ । अमेरिकामा कोहीसंग कसैको मतलव हुदैन । किनभने आफैले पाखुरी चलाएर खानु पर्ने देश अमेरिका ।

नेवा समुदाय भन्छन “छु मतलव ” अंग्रेजीमा भनिन्छ “हु केयर्स ” नेपालीमा के को मतलव ? अर्थात् अमेरिकामा हाम्रो ईतिहास र बिगतलाई भजाएर आफू मातृभूमिमा रहेको जीवन शैली ,शान र फुर्ति गर्नेलाई यहाँ पनि सोही अनुरुप ढाल्न खोजिन्छ तथा सोच बनाइन्छ भने कुरा बिस्तारै समुदाय टादिदै जाने र त्यस्तो व्यवहार गर्ने मानिस एकलिन्छ ।

अमेरिकामा यी तीन कुराहरु को चर्चा गर्दा निकै होशियार हुनु पर्छ । चर्चा गर्ने व्यक्तिले कसरि गर्छ त्यो निर्भर उसमा पर्छ ।

अमेरिका आएका नेपालीले ३ कुराहरु कुलीन,धनाड्य तथा उच्च ओहदामा रहेको भन्ने शब्द ननिकाल्दा उत्तम हुने छ । अमेरिकामा यी तीन कुराहरु को चर्चा गर्दा निकै होशियार हुनु पर्छ । चर्चा गर्ने व्यक्तिले कसरि गर्छ त्यो निर्भर उसमा पर्छ । यस्ता शब्दहरु निस्के पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मै मिल्काउनु पर्ने हुन्छ । नत्र यसले तपाईलाई पिरोल्छ ।

समुदायमा बिभिन्न प्रकारका नेपाली समुदायहरु भेटिन्छन । अमेरिका आए पछि मानिस मत्थर हुन्छन । नेपाल जस्तो दम्भ बोकेर हिडदैनन् । किनभने सुन्य बाट सुरु गर्नु पर्ने भएकोले जीवन संघर्षमय हुने र कठिन मार्गको यात्रा गर्नु पर्ने हुनाले आफू यस्तो थिए ,हामी यस्ता थियौ ,हामी यस्ता ,म यस्तो ,मेरो यति वटा ,मेरो फलाना संग सम्बन्ध आदी ईत्यादी कुराको चर्चा गरे भने हामीलाई नेपाली समुदायले हास्यास्पदको रुपमा लिन्छन ।

अमेरिका आए पछि जीवन देख्दछन । अनि सबै कुराको चुरीफुरी झर्छ । अमेरिका आएका नेपालीले ३ कुराहरु कुलीन,धनाड्य तथा उच्च ओहदामा रहेको भन्ने शब्द मुख बाट झुक्किएर पनि ननिक्ले धेरै राम्रो । यसैमा भलाई हुन्छ । अमेरिकामा धाक,धक्कु र अहंकार निस्कृय हुन्छ ।

पहिलो : कुलीन वर्ग या खानदानी कुल ;अमेरिकामा सबै एक । कोही ठुलो र सानो हुदैन । यहा उच्च घराना ,कुलीन परिवार ,खानदानी परिवार भन्ने कदापी हुदैन । पैसा कमाउने बित्तिकै उ ठुलो र कुल घरानाको हुदैन । यसको कुनै अर्थ हुदैन अमेरिकामा । सवै उच्च कुलीन परिवार का हुन् । सवै खानदानी परिवार का हुन्छन ।

तसर्थ कही कतै कुनै प्रसंग चल्दा यो कुरा ननिकाल्दा अति राम्रो हुन्छ । अमेरिकामा म यस्तो परिवारको ,मेरो परिवार कुलीन र खानदानी भन्ने तर्फ वकालत गर्नु भयो भने समाजबाट अझ टाडिनु पर्ने पनि हुन् सक्छ । त्यस्ता विचार र उताको कुरा उतै सेलाएर आउनु पर्छ । यसैमा हाम्रो भलाई हुन्छ ।

दोश्रो : धनाड्य ;अमेरिका अन्य तरिकाबाट आएका मानिस धनाड्य पनि हुन्छन । तर अमेरिका आए पछि आफू नेपालमा धनि थिए । पैसा प्रसस्त खेलाउने गर्थे । प्रयाप्त अर्थ कमाएको र भबिश्यको चिन्तै थिएन तर अमेरिका सन्तान सन्तानको लागि आएको आदी ईत्यादी शब्द पनि ननिकाल्दा हामीलाई राम्रो हुन्छ ।

यदि त्यसो हो भने अमेरिकामा काम नगरी उता बाट पैसा ल्याएर पनि खर्च धान्न सकिन्थ्यो होला नि त ? तर कुरा त्यो साचो हुदैन । धनि भए पनि अमेरिकामा डलर को भाउ र यहाँको महंगी को कारण उताबाट आएको मानिस यहाँ साधारण बन्छ ।

तर समय र काल अनुसार अमेरिकामा कमाई भए पछि राम्रो आर्थिक पक्ष दह्रो पनि हुन्छ । उताको पैसाको छोप नै लाग्दैन । म संग कहिले पैसा नटुट्ने ,जता ततै पैसा हुन्थ्यो भन्ने कुरा पनि गौण हुन्छ । यस्ता भन्ने व्यक्ति सामान्य काम गरि रहेका देखिन्छन । आफ्नो दुई चार वटा घर छ र घर वहाल यति आउछ भन्ने पनि समुदाय छन् । नहुने भन्ने कुरा हैन । तर यसो हो भने घर भाडा टन्न आउछ भने अमेरिकामा चै किन घर भाडा तिर्दै बसेको त भन्ने पनि जिज्ञाशा आउछ ?

नेपालमा ठुला ठुला घर भएको र बहाल मा दिएको पनि चर्चा चल्ने गर्छ । कसैले थाहा पाएर सोधी हाले भने ठिक तर आफैले मेरो यति वटा घर भन्ने शब्द न निक्लदा नै राम्रो होला ।

तेश्रो : नेपालमा आफू उच्च पदमा रहेको बारेमा अझ कुरा को चर्चा नगर्दा नै राम्रो । अमेरिकामा अनगिन्ती ठूला पदमा रहेका मानिस चुपचाप काम गरि रहेका हुन्छन । उनीहरु भन्दैन ,किनभने लाज र सवै कुरा गोप्य पनि राख्न चाहन्छन । किनभने उता यस्तो यहाँ यस्तो पद भन्ने चिज तुलना गर्दा न मज्जा हुन्छ । नरमाइलो लाग्ने पनि हुन् सक्छ ।

अमेरिकामा नेपालमा रहेको पद झैँ पाईदैन । तर नपाइने भन्ने चाही हुदैन । धेरै बर्ष मेहनत र कडा परिश्रम गर्नु पर्छ । नेपालमा हाकिम थिए र सबैले नमस्कार गर्थे भन्ने कुरामा गर्दा अमेरिकामा खाईस अब यहा भन्ने शब्द निस्कन्छ । कसैलाई यस्तो कुरामा चाख हुदैन । अमेरिकामा पनि ठुलो नै हुने हुदैन । ।

नेपालको कुरा त्रिभुवन बिमास्थलमा नै थन्क्याउनु पर्छ । वहा म ठुलो पदमा थिए ,हाकिम थिए र यसरी जीवन जिउथे नेपालमा भन्ने कुराको उच्चारण नै नगर्दा राम्रो हुनेछ । अरु कसैले भनि दिए त्यो उत्तम तर आफू यस्तो थिए यस्तो गर्थे भन्ने कुराहरु को गाठो नफुकाउनु नै अति राम्रो हुन्छ ।

त्यस्ता विचार र उताको कुरा उतै सेलाएर आउनु पर्छ । यसैमा हाम्रो भलाई हुन्छ ।

अमेरिकामा यस्ता माथिका तिनै चिज भन्ने नेपाली समुदाय पनि हुन्छन तर अचेल यस्ता कुराहरु को केही अर्थ हुदैन र अमेरिकामा यस्ता कुराको कुनै मतलव हुदैन भन्ने मानसिकता बनाएका हुन्छ ।

अन्त्यमा यो भन्ने नभन्ने हामीमा निर्भर हुन्छ । आफुलाई के फाइदा हुन्छ त्यो गर्दा उत्तम । जसले जे भने पनि अनि आफू यस्तो थिए ,कुलीन परिवार को हु ,उच्च पदमा थिए । काठमाडौँमा ५-६ वटा घर भाडामा छन् तर म यहाँ छु भन्ने झनक नदिदा नै फाईदा हुन्छ भने कुरा किन कोट्याई रहनु पर्यो भन्दै एक पटक घोत्लिएर सोचौ है । धनि भएको र प्रशस्त धन भएको भए किन अमेरिका आएको होला भनि प्रश्न उब्जिन्छ । यसरी बिदेशीलाई भनेमा पत्याउदैनन । यसले नकारात्मक सन्देश जान्छ ।

सुझाव दिने हाम्रो काम ग्रहण गर्ने या नगर्ने यहाँहरुको मर्जी ।

प्रतिक्रिया