पहाडमै जन्मी म त पहाडमै फुर्किएकी,
ढिंडो गुन्द्रुक लुकाई लुकाई डम्म
खांदै हुर्किएकी।
पहाडमा खेती गर्थ्यौं उब्जाउंथ्यौं धेरै कोदो,
त्यसैबाट गर्नु पर्थ्यो बर्षभरी खाने जोहो ।
ढिंडो खांदा धनी साहुले देख्लान् भन्दै ढोका लाउंथे,
गांउघरमा धनी गरिब यस्तै चिजले
छुट्याउंथे।
अहिले भने ढिंडो खांदा देखिने रे राष्ट्र भक्ति,
पहिला भने गरिब भनी हेप्दा भोग्थ्यौं धेरै शास्ती।
अहिले मानिस बुझ्न थाले यै ढिंडोको महत्वलाई,
अब लुक्नु पर्ने छैन ढिंडो खाऊं है छाती फुलाई।
धेरै बखान गाउंदा पनि सेतो भातले मन दुखाउला,
बिस्तार बिस्तार ढिंडो पनि राजनितिको बिषय बन्ला।
अमेरिकामा चिनाउंदैछु बालबच्चालाई ढिंडो के हो,
छोरोले नी डल्ला पार्दै झोलमा डोब्दै स्वाद लियो ।
लक्ष्मी शर्मा, भर्जिनिया, अमेरिका
प्रतिक्रिया