कविता ताज महल

सुनिता प्रसाईं २०७९ पुष २८ गते १२:१२ मा प्रकाशित

मेरो मनको सुन्दर ताजमहल,
धेरै टाढा भागेको आभाष हुन्छ।
आकाशका जुन तारा, एउटै डोलीमा उन्ने कल्पनाहरु,
क्षितिज पारी लुकामारी खेलेझैँ लाग्छ।
प्रीय ताज महल कसरी बताउ म ,?
यो मनमा तिमी कति गाढा छौ भनेर।
भावना र शब्दहरुको मेल नखाए पछि,
रित्तो भएको छु म आज,
किनकी मेरो मनको ताज महल,
कता कता चर्किए झैँ लाग्छ।
त्यो सुन्दर सालिन ताज महल भित्र,
कुदिएका शिलालेखहरु सायद,धमिलिएका छन् आज।
मौन भइसके मेरा रहरहरु।
जस्तो कि समुन्द्रको पानी सुके जस्तो,
गगनमा प्रभात मै सुर्यास्त भए जस्तो।
हिजो सम्म उनका भावहरू ले कति मदहोस हुन्थें,
सप्निल बनिसकेका मेरा आँखाहरु,
कैद गरिएका तिम्रा आकृतिहरु लाग्छ आज स्तब्ध छन्।
निश्चल मन ले पूजा गरेको त्यो सुन्दर ताजमहल र उनको
सहरमा एक दिन अबस्य पुग्ने छु,अगाध मायाका कोसेली लिएर।
भौगोलिक दुरी ले टाढा छ
तर हर सपनिमा मेरै समिपमा हुन्छ।
मेरो मनको सुन्दर ताजमहल।
रित्तिसकेका खुशीहरु उनको आगमन ले, फेरि आँकलन हुने छन्।
र मेरा गल्तिहरु लाई मनकै गंगामा स्नान गर्दै, उनी संग क्षमा माग्छु।
त्यो सुन्दर ताजमहल लाई प्रार्थना गर्दै,
कहिल्यै नटुट्ने अजम्बरी मायाको शिलालेख उनकै कोमल हात ले
लेखाउंछु।
मेरो मनको ताज महल

-सुनिता प्रसाईं

प्रतिक्रिया