नयाँ बर्ष सँगै“रचना ,संगीत तथा स्वर”कार्यक्रम सम्पन्न

इनेप्लिज २०७९ पुष २३ गते १:४९ मा प्रकाशित

स्रस्टा साँझ अमेरिकाका बिविध कार्यक्रमहरू मध्यको “रचना, संगीत र स्वर” कार्यक्रम एक हो । यस
कार्यक्रमले बार्षिक उत्सव मनाई सकेको छ । बार्षिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार मदनकृष्ण
श्रेष्ठका साथमा गीतकार सरला श्रेष्ठ सहित विगतका कार्यक्रममा सरिक हुनु भएका श्रष्टाहरूलाई आमन्त्रण गरी
समारोह सम्पन्न गरेको थियो ।

नयाँ बर्ष २०२३को आगमन सँगै जनवरी पाँच २०२३ तदनुसार पौष २३ २०७९का दिन दोश्रो
बर्षको प्रथम कार्यक्रम सम्पन्न गर्यो ।

कार्यक्रमको परिचय दिने क्रममा कार्यक्रमका संचालक सुरेन उप्रेतीले रचना संगीत र स्वर कार्यक्रममा सहभागी भएर आफ्नो अमूल्य समय र विचार राखिदिनु हुने श्रष्टाहरूलाई र उहाँहरूको गहन विचारको चर्चा र स्मरण गर्नु भएको थियो ।

प्रथम कार्यक्रममा गीतकार राधाकृष्ण काफ्ले, संगीतकार नारायण ओली, र गायक रविन शर्माको आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै गरी गीतकार डाक्टर विश्वम्भर प्याकुरेल र संगीतकार एबम् गायक शम्भुजित बास्कोटाले दोश्रो कार्यक्रममा
आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

तेश्रो कार्यक्रममा गीतकार लिलु गुरूङ र संगीत संयोजक जुजु गुरूङकोआतिथ्यतामा कार्यक्रम भयो । कार्यक्रमको चौथो श्रृङ्खलामा गीतकार, संगीतकार र गायक डाक्टर भोला रिजालले आतिथ्यता प्रदान गर्नु भएको थियो ।पाँचौ श्रृङ्खलामा ईजरायलमा रहनु भएका गीतकार नूतन भुसाल र नेपालमा रहुन भएकी निशा देशारको आतिथ्य रहेको थियो । छैटौँ कार्यक्रममा गीतकार तथा गाइका गीता भेटवाल गौतम क्यानडाबाट जोडिनु भएको थियो भने नेपालबाट लोकगीतका अभियन्ता, गायक,
संगीतकार तथा संकलक भानु ओली जोडिनु भएको थियो ।

त्यस्तै गरी अर्को कार्यक्रममा गीतकार एबम्साहित्यकार ज्ञानेन्द्र गदाल र संगीतकार एवम् गायक नरेन्द्र प्यासीले आतिथ्यता प्रदान गर्नु भएको थियो । यसपछी भएको बार्षिक कार्यक्रममा गीतकार, संगीतकार ,गायक, हाश्यब्यग्यका महारथी मदनकृष्ण श्रेष्ठ र
गीतकार सरला श्रेष्ठको आतिथ्यमा बार्षिक कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्रस्टा साँझ अमेरिकाका कार्यसमितिका सबै पदाधिकारीहरूलाई आमन्त्रण गरिएको थियो ।

नयाँ बर्षको यस प्रथम कार्यक्रममा दिक्तेलमा जन्मिएर भोजपुरमा आफ्नो माध्यमिक तह सम्मको
अध्ययन गरेका बिपिन किरणको आथित्यता थियो । जो कक्षा छ मा अध्ययन गर्दा नै कवितामा प्रथम हुनुभएको
थियो । कक्षा दसमा पढ्दा अन्तर बिधालय स्तरका कवितामा द्धितिय भएर तीनहजार नगद प्राप्त गर्नु भएको
थियो । त्यो पुरस्कारले उत्साह र अझ प्रेरणा दियो ।

उच्च शिक्षाको लागि काठमाण्डौमा आएर मिनभवनक्याम्पसमा पढ्दा स्ववियू द्वारा आयोजित कविता प्रतियोगितामा दुई पटक प्रथम हुनु भयो । त्यसपछीसंगीतकार महेश खड्काको सामिप्यता प्राप्त भयो । महेश खड्का र अन्य संगीतकारहरू सँग निकटता बढ्दै गयो । विपिन किरणका गीत र गजलहरू जन्मन थाले। यसै क्रममा केही चर्चित गीत र गजलहरू यस प्रकारका छन् ।

नविर्से तिमीलाई” , ”आएर किन व्यर्थै“, “ यो जूनी “, “ टुट्यो तारा आकाशमा “ , “ त्यो मन सँग यो मन “ ,
“ मान्छे मन परेपछी “
जस्ता सयौँ गीत र गजलहरूका सर्जक विपिन किरणकोआतिथ्यता रहेको थियो । बिपिनका गीतमा सयौँ संगीतकार र गायकहरूले स्वर दिनु भएको छ ।

उनका गीतमाचर्चीत संगीतकारहरू तथा गायकगायिकाहरूले स्वर दिनु भएको छ । बरिष्ठ गायक उदित नारायण झा, सादना
सरगम, राजेशपायल राई, नरहरि प्रेमी,सुरेश अधिकारी ,महेश खड्का, किरण कडेल, अन्जु पन्त, इन्दिरा जोशी,
सूर्य वालिङ, जगदिस समाल , दिपक लिम्बु , रचना रिमाल जस्ता संगीतकार र गायकहरू जोडिनु भएको छ ।
त्यस्तै गरी अर्का अतिथि हुनुहुन्थ्यो संगीतकार एवम गायक दिपक शर्मा ।

उहाँको संगीतमा नेपालकाबरिष्ट गायक दिप श्रेष्ठ, रामकृष्ण ढकाल ,राजेश पायल राई, प्रमोद खरेल, अन्जु पन्त ,सत्यराज र स्वरूपराजआचार्य, लोरेटो सिँ, शिव परियार, मेलिना राई, हेमन्त शर्मा जस्ता गायकहरूले स्वर दिनु भएको छ


नेपालका चर्चित गीतकारहरू किरण खरेल, क्षेत्र प्रताप अधिकारी ,डा कृष्णहरि बराल, बुद्धविर लामा, डानवराज लम्साल, विपिन किरण, सुनिता बस्नेत थापा जस्ता मुर्धन्य गीतकारका गीतमा उहाँ संगीत भर्नु भएको छ ।

तनहुँको कुहु गाउँमा पिता श्री हरिलाल जैसी र माता गौमती जेसीका कोखमा जन्मिएका दिपकले
गाउँबाट नै माध्यमिक तहको शिक्षा आर्जन गर्नु भयो । रेडियोका गीतहरू सुनेर वाल्यकालमै संगीतले आफ्नो
मन चोरी सकेको पत्तै पाउनु भएन ।

विधालयमा भएका साँस्कृतिक कार्यक्रमहरूका गीतहरूमा संगीत दिएर संगीत क्षेत्रमा प्रवेश गर्नु भएको
उहाँलाई पत्तै भएन । अठार बर्षको हुँदा “ढल्के पिपल” लोक गीतमा संगीत भर्नु भयो । उच्च शिक्षा आर्जन गर्ने
राजधानी प्रवेश पछी नरहरि प्रेमी, राजकुमार मालाकार, किसोर गुरूङ, देव कामत ,जस्ता संगीतकारको
संगतमा म्यूजिकको ज्ञान आर्जन गरे । उनलाई “पिरेम नलाउने”, “पर्ख पर्ख मायालु”, “पहिलो नम्वरमा”, “ए
है माया”, “अर्को जूनी खैकुनी”, “देखन चम्पा” , “पछी पछी लाएर”
जस्ता गीतमा संगीत दिए पछी चर्चाको
चूलीमा पुर्यायो ।दिपक शर्कमले हजार भन्दा बढी गीतहरूमा संगीत दिइ सक्नु भएको छ ।

स्रस्टा साँझ अमेरिकाको रचना संगीत तथा स्वर कार्यक्रममा स्रस्टाहरूको पहिचानलाई कसरी जोगाउन
सकिन्छ भन्ने विषयमा गहन चर्चा भयो । कार्यक्रम संचालक द्धय सुनिता बस्नेत थापा र सुरेन उप्रेतीले
कार्यक्रमको उद्देश्य र कार्यक्रको परिचय दिनेक्रममा पटक पटक उधेश्यका बारेमा स्पस्ट गराइएको थियो । स्रस्टा
विपिन किरणले गीतको कपिराइट अधिकार बारेमा नेपाल भित्र र अन्तर्राष्ट्रिय रूपमा रहेको प्रचलन बारेमा
स्पस्ट गराउनु भएको थियो ।

घरको जग बसाउने मज्बुत पिलरहरू राखेर गाह्रो लगाउन र प्लास्टर गराउने
काम गीतकार र संगीतकारको हो भने रंगरोगन गरेर आकर्षक बनाउने काम गायकको हो भन्दै दिपक शर्माले
गीतकार, संगीतकार र गायकलाई परिभाषित गर्नु भयो । इनेप्लिज डटकमको फेसबुकमा लाइभ भएको
कार्यक्रममा श्रौताहरूलाई पनि बिभिन्न प्रश्नहरू गरेर सहभागिता गराइएको थियो । कार्कय्रमलाई एकदेव शर्मा,
राजनबिक्रम थापा, गाइका रानी शाक्य, अनिल खनाल, शिवकुमार कार्की, उज्वल प्रधान, हर्क चन्द आदि श्रोता
तथा दर्शकले प्रश्नोत्तरमा सहभागि भएर कार्यक्रमलाई रोचक बनाउनु भएको थियो ।

गीतलाई सुनेर आनन्द लिने हो भन्दै दुबै अतिथि स्रस्टाहरूले बिचारहरू राख्नु भयो । कार्यक्रमको अन्त्यमा
सहभागी अतिथिहरू, श्रोता तथा दर्शकहरू, इनेप्लिज परिवार र विजय थापा । त्यस्तै गरी स्रस्टा साँझका
परिकल्पनाकार द्वय शैलेश आचार्य, र प्रभात दीक्षित अनि स्रस्टा साँझ परिवारलाई गीतकार एवम कवि सुनिता
थापाले धन्यवाद दिनु भयो ।

प्रतिक्रिया