भर्जिनियामा परिजितालाई न्याक,इन्जा लगायत दर्जनौ संघ/संस्थाद्वारा सम्मान

इनेप्लिज २०७९ पुष १० गते १४:४५ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा द भ्वाईसकी ८ औ स्थान सम्म पुग्न सफल युवा होनहार परिजिता बास्तोलालाई सम्मान गरिएको छ । गत डिसेम्बर २४ का दिन क्रिसमसको इभ अर्थात् इशाई पर्वको संघारमा उनलाई भर्जिनियामा सम्मान गरिएको हो ।

उनलाई नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले ब्रान्ड एम्बसाडोर( मार्का सद्भावनादुत )को उपाधिद्वारा सम्मान गरेको छ । समारोहको आयोजना परिजिता टिम(टोली)को लागि भर्जिनियाका लागि संयोजक चन्द्र लामाको पहलमा गरिएता पनि सबै संघ/संस्थाको सयुक्त सहभागितामा समारोह सम्पन्न भएको छ ।

न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेतीले सम्मान गर्दै उक्त उपाधिद्वारा सम्मान गरेका थिए ।

त्यस्तै नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल(इन्जा)का अध्यक्ष गुणराज लुइँटेल,संचार निर्देशक विजय थापा ,दोबा ढकालले सयुक्त रुपमा परिजितालाई सम्मान गरेका थिए ।

यसैगरी चन्द्र लामा,गैर आवासीय नेपाली संघ अमेरिका संचालक समिति सदस्य आशिष संग्रौला तथा एनआरएनए भर्जिनियाका अध्यक्ष सुबोध रेग्मी,एएनएका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी ,तामांग समाज भर्जिनियाका पूर्व अध्यक्ष उत्तर दोङ्ग ,गीतकार अनुप पहाडी ,घर खरिद तथा बिक्री अभिकर्ता निशेष भट्टराईले लगायतले परिजिताको बारेमा बोल्दै सम्मान गरेका थिए ।

परिजितालाई पन्च कन्याले स्वागत गरेका थिए भने परिजिताको सम्मानमा सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो । परिजिताको आमाबुवा पनि कार्यक्रममा उपस्थिति भएका थिए ।

मेरिल्याण्ड निवासी परिजिता अमेरिकी भ्वाईसमा पुग्ने पहिलो अमेरिकी नेपाली हुन । केवल १७ बर्षको उमेरमा ८ औ अर्थात् सेमी फाइनल(अर्ध अन्तिम चरण) सम्म पुग्न सफल परिजिताले नेपाली समुदायमा पनि थुप्रै आफ्ना प्रस्तुति दिई सकेकी छिन ।

सम्मान गर्ने संघ/संस्थाले परिजितालाई प्रोत्साहन गर्दै उनको प्रस्तुतिको मुक्त कण्ठले प्रशंसा गरेका थिए । परिजिताले सम्पूर्ण नेपाली र नेपालको नाम उच्च राख्न पनि सफल भएकी छिन । द भ्वाइसको २२ औ संस्करणमा उनको प्रस्तुतिले उनलाई सारा जगतमा चिनारी गराएको छ ।

प्रतिक्रिया