साहित्यकार गोविन्द गिरी प्रेरणा काठमाडौंमा सम्मानित

इनेप्लिज २०७९ मंसिर १४ गते १७:४४ मा प्रकाशित

काठमाडौं मंसिर १४,नेपाली साहित्यमा सांढे चार दशकदेखि निरन्तर साहित्य सिर्जना तथा साहित्यिक गतिविधिमा सकृय साहित्यकार गोविन्द गिरी प्रेरणा रूक्मणीराज स्रष्टा सम्मानबाट पहिलो पटक सम्मानित भएका छन् ।

आज काठमाडौँमा आयोजित विशेष समारोहका विच सर्वोच्चअदालतका पूर्व प्रधान न्यायाधिस टोप वहादुर सिंहले उहांलाई सम्मान गर्नु भएको थियो ।

दिवंगत समाजसेवी रूक्मणिराज सिवाकोटीका नाममा यसै बर्षदेखि सो सम्मान प्रदान गर्न थालिएको हो । यो सम्मान पाउने उहां पहिलो साहित्यकार हुनुहुन्छ ।

विगत अढाई दशकदेखि नेपाली समाजका विभिन्न व्यक्तित्वहरूले आफ्नो क्षेत्रमा पुर्याएको विशेष योगदानको कदर स्वरूप जीवनकालमै तथा मरणोपरान्त विशेष ॲंक र ग्रन्थहरू प्रकाशन गर्दै आइरहेको ज्ञानगुन प्रकाशनले नेपाली पत्रकारिता क्षेत्रका अग्रणी पत्रकार ध्रुवहरि अधिकारीलाई समेत पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

सोही अवसरमा सम्मानित प्रतिभाहरूको ज्ञानगुनका कुरा विशेषांकहरू पनि विमोचन गरिएको थियो । समारोहमा ज्ञानगुनका कुराकोकमल दीक्षित स्मृति ॲंक, न्यायमूर्ति जोन मार्सल स्मृति ॲंक, ज्ञानमणि नेपाल ॲंक, विश्वनाथ उपाध्याय स्मृति ॲंक, टोप बहादुर सिंह अंक, समाजसेवी रूक्मणिराज सिवाकोटी स्मृति पुष्प लगायत अरू १० पुस्तकहरूको समेत विमोचन गरिएको थियो ।

सो समारोहमा सम्मानित पत्रकार ध्रुवहरि अधिकारीका बारेमा शरतचन्द वस्तीले तथा सम्मानित साहित्यकार गोविन्द गिरी प्रेरणाको बारेमा रमेश शुभेच्छु तथा प्रमोद प्रधानले बाोल्नु भएको थियो । साथै सम्मानित प्रतिभाहरूले समेत मन्तब्य व्यक्त गर्नु भएको थियो ।

समारोहको अध्यक्षता विद्वान प्राध्यापक डा. माधवप्रसाद पोखरेलले गर्नु भएको थियो ।

कार्यक्रमको शुरूमा ज्ञानगुनका कुरा का प्रधान सम्पादक शेषराज सिवाकोटीले स्वागत मन्तव्य प्रस्तुत गर्दै सम्मानको विषयमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया