अमेरिकामा सडक काट्दा नवआगन्तुकले गाँठो पार्नु पर्ने कुराहरु

विजय थापा २०७९ मंसिर ८ गते १६:२५ मा प्रकाशित

डिसीमहानगर क्षेत्र। अमेरिकाका सडक राजमार्ग उपमार्ग नेपालको तुलनामा सुरक्षित छन । जतापनि दुई तर्फी सडक हुन्छ । केही महिना र बर्षको अन्तरालमा नेपालमा बस्ने धेरैले अमेरिकामा सडक दुर्घटना भएको र नेपालीहरुको दुखद निधन भएको समाचारहरु सुन्ने गर्छौ ।

यो पंक्तिकारले केही बर्षको अन्तरालमा यस्ता सडक दुर्घटना र सडक काट्ने कोसिस गर्दा ज्यान गुमाउनु परेको दुखलाग्दो खबर प्रकाशित गर्नु पर्यो । बृद्ध देखि युवा सम्मले ज्यान गुमाएको समाचारले हाम्रो मन दुखेको छ र समुदायलाई स्तब्ध बनाएको छ ।

बृद्ध देखि युवा सम्मले ज्यान गुमाएको समाचारले हाम्रो मन दुखेको छ र समुदायलाई स्तब्ध बनाएको छ ।

यो पंक्तिकारले दुखद घटनाका समाचारलाई ताजा समाचार (ब्रेकिङ्ग न्यूज ) बिगत केही बर्ष देखी बनाउने र प्रकाशित गरे पछि नेपालबाट कती दुखद समाचार लेख्नु हुन्छ भन्ने समेत दुखेसो सुन्नु परेको छ ।

सडक काट्ने क्रममा मृत्यु हुने घटना बिश्वब्यापी रुपमा छ । अझ दिनहु लाखौ लाख सवारी साधन आई रहेका र सडकमा कुदी रहेकोले अझ दुर्घटना हुने सम्भावना हुन्छ ।

किन अमेरिका आएका नवागन्तुक सडक काट्ने क्रममा ज्यान गुमाउनु पर्छ ?

किनभने अमेरिकामा सवारी साधन सडकमा यति धेरै दौडिन्छ जसलाई हामी अन्दाज गर्न सक्दैनौ । किनभने नेपालबाट भर्खर आएकालाई अनुमान गर्न समय लाग्ने हुन्छ । नेपालको तुलनामा अमेरिकाका अत्यधिक सवारी साधन हुन्छ । नेपालमा सवारी साधनले सडक काट्ने सडकयात्री देखेमा रोक्ने र सडक नियमलाई बेवास्ता गर्दा पनि बालबाल बचिन्छ ।

नेपालमा सवारी साधनको मतलब नै नगरी सुरु सुरु सडक काटिन्छ । तर अमेरिकामा त्यसो हुदैन । नेपालको भन्दा सडक र नियम कानुन कडा भएकोले गाडीको गति निकै द्रुत हुन्छ ।

अमेरिकमा प्रति माइलमा कुदाईन्छ भने नेपालमा प्रति किमिले कुदाईन्छ । यहाँ गाडी छिटो आउछ । गाडी आउने मात्र हैन कति छिटो कहाँ बाट कुन दिशा बाट आउछ थाहा नै हुदैन । एक त् गाडी धेरै ,अर्को तिब्र गतिमा सडकमा दौडन्छ । यसरी हालसालै बृद्ध देखि युवा सम्म को यसरी सडक काटी हाल्छु भन्ने सोच्दा ज्यान गएको छ ।

साह्रै दुखको कुरा हो । नेपालबाट आफन्तलाई भेट्न आउँदा कहिले दुर्घटना परि ज्यान जान्छ भने कहिले सख्त घाइते भएर जीवन मरणको अवस्थामा बस्नु परेको तितो सत्य हामीसंग उदाहरणहरु छन।

अमेरिकाको बाटोमा हामी झुकिन्छौ । कति छिटो कताबाट हान्निएर गाडी आई पुग्छ । सडक काट्ने क्षेत्रबाट काटेमा मात्र आफू सुरक्षित हुइञ्छ नत्र अन्य ठाउँमा बाटो काट्दा चालकले अमेरिकामा परिकल्पना पनि गर्दैन । अनि निर्धक्क भएर सवारी साधन कुदाउछ्न । अमेरिकाको नियम नै यस्तै छ ।

हामी बाटो काट्दै गरौला भन्दा धोका हुन्छ । नव आगन्तुक तथा पाहुनाहरुले बाटो काट्ने क्रममा कट्छु भन्ने लाग्दा लाग्दै गाडी यति छिटो आउछ अनि बिपत आई लाग्छ । अमेरिकामा सडक काट्ने स्थान बाहेक अन्य अन्य ठाउँमा दुर्घटना भएको छ भने स्वयमको गल्ती मानिन्छ । र ,धेरै झन्झटमा परिन्छ। बिगतमा यस्ता घटना नेपाली समुदायमा भएका छन् । हालसालै पनि यस्ता नेपाली समुदायमा घटना घटेका छन् । ईनेप्लिजले थुप्रै यस्ता दुखद समाचारहरु प्रकाशित गरेको छ ।

हामी बाटो काट्दै गरौला भन्दा धोका हुन्छ । नव आगन्तुक तथा पाहुनाहरुले बाटो काट्ने क्रममा कट्छु भन्ने लाग्दा लाग्दै गाडी यति छिटो आउछ अनि बिपत आई लाग्छ ।

तसर्थ हामी कसैले नेपाल बाट कसैलाई बोलाएको छ भने सर्वप्रथम एकल रुपमा घुमघाम गर्न दिनु भएन । किनभने यस्तो स्वतन्त्र छोड्ने क्रममा ज्यान गएको समाचार हामीले प्रकाशित गरेका छौ ।

आफू साथमा छ भने प्रभातकालिन टहल गर्दा हुन्छ तर नया मानिस या पाहुना या परिवार का जो कोही भएता पनि कदापी हिडडुल गर्न दिनु हुदैन । पेटी र नजिक छ भने सडक नकाट्ने छ भने अलग हुन्छ । तर जुन ठाउँमा सडक काट्ने हुन्छ त्यसमा आफू ढुक्क हुनु हुदैन । यस्तो गल्तिको कारण दर्जनौ घटना भएका छन् ।

बिहीबार, मे १९ ,२०२२ का दिन सम्म गभर्नर हाइवे सेफ्टी एसोसिएसन( गभर्नर राजमार्ग सुरक्षा संघ )का अनुसार हरेक दिन औसत २० जनाको मृत्यु हुने उल्लेख गरेको छ । २०२१ मा अमेरिकी पैदल यात्रुको मृत्यु चार दशकमा सबैभन्दा उच्च रहेको छ ।

२०२१ मा अनुमानित ७,४८५ पैदलयात्रीको मृत्यु भएको थियो भने जुन २०२० को तुलनामा १२ % बढी रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

प्रति १००,००० व्यक्तिमा पैदल यात्रुको मृत्यु दर अघिल्लो वर्ष २.०२ बाट २०२१ मा बढेर २.२६ पुगेको छ।

काममा हिडेर जाने ,कुकुरसंग हिड्दा र रात्री भोजन पछि टहल गर्ने क्रम ज्यादा जोखिम हुन्छ ।

अमेरिका कुनै कामले बोलाइएको छ या यहाहरु अमेरिका आउने सोच बनाई रहनु भएको छ भने एक पटक यस बिषयमा गम्भीर हुनुहोस । एकल कहिले पनि कसैलाई जान नदिनु होस् ।

अमेरिकामा सडक काट्दा कसरी ज्यान जोगाउने त ?

नवागन्तुक र बृद्धहरुलाई एक्लै घुम्न दिनु हुदैन । नजिक छ र सडक काट्नु परेन भने ठिक छ । नत्र कुनै पनि गल्ली र सडकमा गाडी छिटो हिड्छ र बीच बाटोमा सडक काटेमा ठूलो दुर्घटना निम्त्याउने हुन्छ तसर्थ ज्यादै सावधान हुनु होस ।

जहिले पनि हिड्दा यातायात अगाडी छ या छैन भनि चनाखो भएर हिड्ने । सडक राजमार्गको बीचमा नकाट्ने । जेब्रक्र्स ( पाटे साँगु ) बाट मात्र जाने । ज्यादै होसियार हुने । रातो बत्ति या कुन बत्ति छ ध्यान दिने । जहिले पनि सुरक्षित रुपले बाटो काट्ने ।

रातो बत्ति या कुन बत्ति छ ध्यान दिने । जहिले पनि सुरक्षित रुपले बाटो काट्ने ।

यदि दुई चक्र बाहन( साइकल ) या धावक (कुद्ने ) खेलाडीहरु आई रहेमा छोडी दिनु पर्छ । म यति समयमा यो बाटो काट्न सक्छु भन्ने जस्तो लाग्छ भने मात्र काट्ने । आफूले पूर्वानुमान लगाउने ।

अमेरिका घुम्न या जीवन बनाउन आउने जो कसैको पनि सडक काट्ने क्रममा ज्यान नजाओस । नेपालबाट आएका जो कसैलाई पनि त्यतिकै नछोडौ । यसैमा हाम्रो भलाई हुन्छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया