धन्यवाद दिवसको शुभकामना -कविता

इनेप्लिज २०७९ मंसिर ८ गते ११:५७ मा प्रकाशित

भावना बिष्ट

लाखौ लाख धन्यवाद भगवानलाई
जसको सहयोगले जीवनका हरेक
उकाली ओरालीमा निर्धक्क हिड़िरहेकी छू,
नत्र कहाँ सम्भव ,बिना तिम्रो आशीर्वाद

मुरी मुरी धन्यवाद बुवा आमालाई
जसले मलाई घामपानी ,हुरिबतास संग
जुध्ने शक्ति दिएर हुर्काउनु भयो नत्र
यो संसारमा कसरी बाच्ने थिए होला
बिना हजुरहरुको आशीर्वाद

धन्यवाद मेरा छोरा छोरीलाई ,जसले हरेक पाईलामा
मलाई साथ दिए,म कहिले अत्तालिएर रुन्थे त
कहिले म निस्सासिएर मर्थे नत्र तिमिहरु बिना म बाच्ने
सोच नै कहा थियो र

लाख लाख धन्यवाद तिमिलाई
जिन्दगीले लगाएका अनगिन्ती
घावहरुमा मलम लगाएको मा
नत्र म कसरी निको हुन्थे होला
निक़ो नहुने बल्झेका चोट पनी
खाटा लगाऊँन सहयोग गरेकोमा

धन्यवाद तिनीहरु सबैलाई पनी
जसले मेरो जीवनमा दुखै दुःख
भरि दिने कोशिश गरेका थियौ
नत्र मैले शुख़ र दुःख को अन्तर
कसरी थाहा पाउथे होला र ?

धेरै धन्यवाद तिमीहरूलाई पनि
जसले मेरो जीवनलाई अध्यारो
बनाउन भरपूर कोशिश गर्यो
नत्र मैले उज्यालो र अंधकार को
फ़रक नै कसरी पो बुझ्थे र

धेरै धन्यवाद तिनिहरूलाई पनि
जसले मलाई संधै तितो नमिठो
शब्दक़ो प्रहार गरी पीड़ा पूर्याई रहने
नत्र मैले मीठा प्यारा शब्द अनि माया
भन्ने नै कसरी छुट्याउथे होला त

धेरै धन्यवाद उनिहरूलाई पनि
जसले मेरो जीवनमा मदत होईन
ख़ाली बदनाम मात्र गर्न लागि परेका
नत्र मैले नाम र बदनामको फ़रक
छुट्याउने शक्ति कहाँ हुँथ्यो र

धेरै धन्यवाद तिमिहरुलाई पनि
जसले मलाई ख़ाली आफ़नो
फ़ाइदाको लागी मात्र प्रयोग गरयो
नत्र जीवनमा मानिसहरुको प्रकृति
को बारे मा कसरी ज्ञान हुँथ्यो र

धेरै धन्यवाद तिनिहरूलाई पनि

जसले मलाई दुःखमा सहयोग गरे
अनी कसैले दुःख मा अझै दुःख थपे
नत्र मैले कसरी बूझथे त सहयोगीर धोखेवाज बीच को अन्तर

धेरै धन्यवाद तिमिहरुलाई पनि
जसलाई सहयोग को हात फैलाउदा
पाखुरा नै समाएर भाचीदीनेहरूलाई
नत्र मैले भरोसा गर्न मिल्दैन कसैलाइ
भनेर कसरी सिक्थे होला र

धेरै धन्यवाद उनिहरुलाई पनी
जसले मेरो पूरै जीवनमा समस्या
चिनौटी मात्र थुपारी दिएको मा
नत्र मैले कसरी सिक्थे यी सबै संग
लडेर झुधेर उमकिने शक्ति पनि

धेरै धन्यवाद तिनिहरूलाई पनि
जसले दुःखको बेला आफ़नो
समय खर्चेर सहयोग गरेकोमा
नत्र मैले त्यो पल पलको मिठासको महत्व कसरी बुझने थिए र

धेरै धन्यवाद सबैजना लाई
मेरो जीवनलाई सहज अनी
असहज बनाऊँने हरूलाई
नत्र मैले सजिलो र असजिलोको परिभाषा नै कसरी बुझ्थे र

धेरै धन्यवाद सबै नकारात्मक
अनी सकारात्मक मानिसहरूलाई
नत्र यो शक्ति कहा बाट आऊँ थियो
नत्र यो बहुमूल्य जीवनमा जीउने कला कसरी सिक्ने थिए
धन्यवाद दिवसको शुभकामना हजुरहरु सबै जनालाई

भावना बिष्ट

प्रतिक्रिया